एम्वुलेन्स जाने बाटो समेत नहुदा गाउले पिडित

समाज

किशोरीलाइ बन्धक बनाइ बलत्कार गर्ने तीन जना पक्राउ



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ साउन //
एक किशोरी लाइ दुइमहिना भन्दा बढी समय बन्धक बनाइ बलत्कार गरेको आरोपमा प्रहरीले रौतहटका तीन जना युवाहरुलाइ पक्राउ गरी अनुशन्धान थालेको छ ।

रौतहटको गुजरा नगरपालिका की १३ बर्षिय किशोरीलाइ अपहरण गरी बन्धक बनाएर बलत्कार गरेको आरोपमा प्रहरीले गुजरा नपा ७ का ३६ बर्षिय बलिष्टर चौधरी,  २४ बर्षिय धर्मेन्द्र चौधरी र १९ बर्षिय जियालाल महत्तोलाइ प्रहरीले पक्राउ गरेको  छ ।

 बलिष्टर चौधरीले गएको बैसाख २४ गते राति घर बाट नै  किशोरीलाइ अपहरण गरेको र सर्लाही, पर्सा तथा सिमावर्ती भारतको बिभिन्न स्थानमा बन्धक बनाएर बलत्कार गरेको आरोप पिडित किशोरीको रहेको छ ।


पिडित किशोरीको सकेत नम्वर ३२ गरुडा ८ (क) राखेर प्रहरीले अनुशन्धान गरीरहेको छ ।  धर्मेन्द्र र जियालाललाइ  गरुडा बजारबाट र बलिष्टरलाइ बाराको कलैयाबाट गएको शुक्रवार प्रहरीले पक्राउ गरेको गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले जानकारी दिएका छन ।

किशोरी हराएपछि खोजतलासको लागी उनको निवेदन दिएका थिए ।

 गएको बैसाख २४ गते राति अपहरणमा परेकी किशोरी असार २७ गते बिरगज महानगरपालिका ८ मा वेवारीसे अवस्थामा फेला परेकी थिइन । 

  अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्धा चलाउनका लागी इलाका प्रहरी कार्यालय गरुडाले अनुशन्धान गरीरहेको छ ।


कारोबारकर्मी लम्साल पुरस्कृत - 2017-06-03
सिमरा स्थित हातेमालो वचत तथा ऋण सहकारी संस्थाले हातेमालो सहकारी पत्रकारिता पुरस्कारबाट बाराका कारोबार संबाददाता प्रकाश लम्साललाई पुरस्कृत गरेको छ ।

अदालत बाट दोषी ठहर पंहुचवाला पक्रन सकस - 2017-06-03
ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन ।

सेनाको नक्कली कर्णेल पक्राउ - 2017-05-30
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै रकम लिएर ठगि गर्ने नक्कली सेनाको कर्णेल लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

बाजुराको कोल्टीमा सेनाको बिमान दुर्घटना, पाइलटको निधन - 2017-05-30
काठमाण्डौ १६ जेठ// बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

रौतहटका सपुत कार्की लाइ जनसेवाश्री पदक - 2017-05-29
सरकारले १० औ गणतन्त्र दिवस २०७४ को अवसरमा रौतहटका समाजसेवी सपुत बहादुर कार्कीलाइ बिभुषण प्रदान गर्ने भएको छ ।

घाइते पाइलट तथा को पाइलट दुवैको निधन - 2017-05-28
शनिबार दिँउसो लुक्ला तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त बिमानका सहचालक सृजन मानन्धरको पनि निधन भएको छ । शनिवार बिमान चालक पारस राइको निधन भएको थियो ।

निजगढ काठमाण्डौ फाष्ट्रयाक को सिलान्यास - 2017-05-28
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–निजगढ द्रुतमार्गको आइतवार शिलान्यास गरेका छन । बाराको निजगढमा आयोजित एक समारोहबीच प्रधानमन्त्री दाहालले सो मार्गको सिलान्यास गरेका हुन ।

माटोले पुरीएर मृत्यू - 2017-05-28
माटोको डिस्कोले पुरीएर रौतहट मा एक व्यक्तिको ज्यान गएको छ।

इस्लाम धर्मालम्विहरुको रमजान पर्व शुरु - 2017-05-28
इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व शनिबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत्अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा बस्ने गर्दछन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 NEXT

English News



1258759 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top