गोली प्रहार बाट शिक्षक गम्भिर घाइते

समाज

बुवाले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु



समाज प्रकाशित मिति:

कैलाली :
सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो ।

बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी हरि बहादुर वलीले जानकारी दिए ।

बञ्चरो प्रहारबाट घाइते भएका लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो । लुहारको उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको थियो ।

मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए । गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको सामान्य विवादमा उनको मृत्यु भएको बताइएको छ । साभार अनलाईन खबर
स्यालले टोकेका बिरामीहरुको उपचार को माग - 2016-11-03
कलमपाटी १८ कार्तिक स्यालले टोकेर मृत्यू भएका लाई सहिद घोषणा,क्षेतीपुर्ती र अन्य घाइतेहरुको उपचारको मागगर्दै रौतहटमा स्थानियबासीले प्रर्दशन गरेका छन ।

भारतिय राष्ट्रपतीलाइ जनकपुरमा तीन भाषाबाट नागरीक अभिनन्दन गरीने - 2016-11-03
भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ ! - 2016-11-02
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ ।

- 2016-10-31


आगलागीमा चौपाया मरे - 2016-10-31
कलमपाटी १५ कार्तिक रौतहट अकोलवा र पचरुखी गाबिसमा आइतवार राति आगलागी भएको छ ।

लागुऔषध कारोवारमा संलग्न एक फरार अभियुक्त पक्राउ, चार जना जेल चलान - 2016-10-31
कलमपाटी १५ कार्तिक लागु औषध कारोवार आरोपमा फरार रहेका एक जना लाइ रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।

सुरुगं खनेर तीन घरमा चोरी - 2016-10-30
कलमपाटी १४ कार्तिक रौतहटको लक्ष्मनिया गाविसको तीव वटा घरमा चोरी भएको छ । लक्ष्मनिया गाबिस २ स्थित राधेश्याम यादव, दशै बैठा र कृतराम चमारको घरमा गएराती चोरले सुरुगं खनेर नगद,गरगहना,तथा लता कपडा लगेको पिडितहरुले बताएका छन ।

एक्टिभ जर्नालिष्ष्ट नेटवर्क द्धारा बिज्ञप्ती जारी - 2016-10-30
सिरहा १४ कार्तिक सिरहा जिल्लामा सकृय रुपमा पत्रकारितामा आवद्ध रहेका पत्रकारहरुले एक्टिभ जर्नालिष्ट नेटवर्क सिरहा गठन गरीएको छ । कार्तिक १२ र १३ गते दुई दिनको बैठकले कृयाशिल पत्रकारहरुले सो संगठन निमाणृ गरेको हो ।

प्रहरी द्धारा पटका बरामद - 2016-10-30
कलमपाटी १४ कार्तिक शुक्रवार रौतहट जिल्लाको सरमुजवा गाबिस ९ स्थित प्रहरी टोलिले चेकिङ्ग गर्ने क्रममा प्रहरी टोलिले पटका बराद गरेको छ । प्रहरी देखे पछि मानिस भने फरार भएको र १० बन्डल करीव १५ हजार मुल्य बराबरको पटका बरामद भएको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 NEXT

English News



1710068 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top