logo
25 Mar 2019   |   
समाज

चन्द्रनिगाहपुर चौक तथा बजार क्षेत्र सवारी साधन र सडक अतिक्रमणले अस्तव्यस्त



समाज   76 पटक पढिएको        
रौतहट ९ चैत्र चन्द्रपुर नगरपालिकाले गएको मंसिरमा राजमार्गको मुख्य सडक दायाँबायाँको अतिक्रमण हटाउने र बस रोक्ने स्थानलाइ व्यवस्थित बनाउने निर्णय गरेको थियो तर त्यो कार्यान्वयन हुन सकेको छैन ।

चन्द्रनिगाहपुर चौक तथा बजार क्षेत्र सवारी साधन र सडक अतिक्रमणले अस्तव्यस्त


सडक कार्यालय ,ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय लगाएत अन्य सरोकारवाला निकायहरुसहितको सो निर्णय कागजमा नै सिमित भएको छ । जथाभाबी गाडी रोक्ने र सडक अतिक्रमणले चन्द्रपुरको मुख्य चोक अस्तव्यस्त बन्दै गएको छ । दिनहु जसो दुर्घटना समेत हुने गरेको छ । चोकको दुवै क्षेत्रमा अतित्रमण बढ्दो छ । सडकमै पसल राखिएका छन । जथाभाबी सवारी रोकिन्छ । पुरानो स्थानबाट हटाएर नयाँ पश्चिम क्षेत्रमा बस रोक्ने योजना बनाइए पनि अहिले सम्म कार्यान्वयन छैन । यसअघि भएको निर्णय चाँडै नै कार्यान्वयन गर्ने चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले बताउदै आएका छन । अधिकांश बसहरु याुत्र चढाउन र ओराल्नका लागी सडकमै रोकीन्छ । ईरिक्सा र टेम्पो पनि जथाभावी रोक्ने गरीन्छ । पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर चोकमा केही समय यता अव्यवस्थित पार्किङ बढेको छ । जथाभाबी बस, ट्रक रोकेर राख्छन् । बस, ट्रक, ईरिक्सा, जिप व्यस्त सडकमै पार्किङ गर्छन  ।









2705228 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top