समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


१० हजार घुस लिदै गर्दा सचिव पक्राउ - 2016-09-09
महोत्तरी २४ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइरहेको अवस्थामा बथनाहा गाविसका सचिव गुलाब चौधरीलाइ विहिवार पक्राउ गरेको छ ।

त्रिशुलीमा ट्रक खसेर वेपत्ता - 2016-09-09
चितवन २४ भदौ चितवन बाट काठमाडौं जाँदै गरेको ना ३ ख ६०१७ नम्बरको मालबाहक ट्रक शुक्रबार दिउँसो त्रिशुली नदिमा खसेको छ । मुग्लिन देखि ३ किलोेमिटर पूर्व कुरिनटार नजिक दिउँसो ११ बजे ट्रक खसेको प्रहरीले जनाएको छ ।

५५ बर्षिय अकलु मुसहर नाती सगै स्कुल पढ्दै - 2016-09-08
रौतहटका अकलु माझी मुसहर ५५ बर्षका छन,उन्को एसएलसी उतिर्ण गर्ने जीवन के सवै भन्दा ठुलो इच्छा छ । त्यो इच्छा पुरा गर्न उनी अहिले डुमरीया स्थित श्री माध्यामिक बिधालयमा आठ कक्षामा पढिरहेको छन । उनी नाती र नातिनी सगै बिधालय जाने गरेको छन |

फाष्ट ट्रयाक नेपालले नै बनाउ :बिकाश समिती - 2016-09-08
काठमाण्डौ २३ भदौ व्यवस्थापिका संसदको बिकाश समितीले निजगढ काठमाण्डौ फाष्ट ट्रयाक नेपाल आफैले निमार्ण गर्न निर्देशन दिएको छ । सो समितीका सभापती रबिन्द्र अधिकारीले सरकारी निकाय बिच आरोप प्रत्यारोप गरेर आयोजना निमार्ण लाइ प्रभावित पार्ने काम गर्न नहुने बताएका छन ।

कर्णालीमा जन्मदा र मर्दा निशुल्क चामल - 2016-09-08
काठमाण्डौ २३ भदौ सरकारले कर्णाली क्षेत्रमा बसोवास गर्नेलाइ जन्मदा र मृत्यू हुदा परीवारलाइ निशुल्क चामल दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार संसद भवनमा सम्बोधन गर्दै कर्णालीमा जन्मना साथ र मृत्यु हुनासाथ २० किलोका दरले चालम बिवतरण गर्ने घोषणा गरेका छन ।

अपाङ्ग भएपनि काम गरेर खान पाउदा खुशी छु - 2016-09-08
कलमपाटी २३ भदौ दुवै खुट्टा नचल्ने भएर बर्षौदेखि घरमा कुजिएर बस्दै आएका जीतेन्द्रले आफ्नो जीवनमा यति खुशी आउला भन्ने कल्पना समेत गरेका थिएनन । रौतहटको बडेर्वा गाबिस ८ हथिऔलका ३० बर्षिय जीतेन्द्र मेस्तर १० महीना देखि निकै खुशी छन ।

प्रहरी र अज्ञात समुह बिच गोली हानाहान - 2016-09-08
काठमाण्डौ २३ भदौ थानकोट भन्दा माथी चिहानडाडा भन्ने स्थानमा प्रहरी र अज्ञात व्यक्तिहरु बिच गोली हानाहान भएको छ । ना १ ज ३९४८ नम्बरको टाटासुमोमा रहेका चारजना व्यक्तिले प्रहरी लाइ लक्षित गरी गोली चलाएको र प्रहरीले पनि पछि जवाफी फायर गरेको बताइएको छ ।

ग्यांस सिलिण्डरमा भित्र राखेर विहारमा मदिरा आसारपसार - 2016-09-07
विहार २२ भदौ भारतको बिहार राज्यमा नीतिशकुमार नेतृत्वको सरकारले घरेलु मदिरा बिक्री बितरणमा प्रतिबन्ध लगाएपछि मानिसहरुले तस्करी गर्न थालेका छन ।

बिरामी ले अस्पतालको तीन तलाबाट हाम फालेर आत्महत्या गरे - 2016-09-06
काठमाडौ २१ भदौ मिर्गौला खराव भएर शिक्षण अस्पताल काठमाण्डौमा उपचार गराइरहेका एक युवकले आत्महत्या गरेका छन । दोलखा मालुका गाबिस का १८ वर्षिय विजय खड्काले अस्पतालको तीन तला माथी बाट हाम फलेर आत्महत्या गरेका हुन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681505 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top