समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


फाइल हराएको भन्नु गैरजिम्मेवारी : सर्वोच्च अदालत - 2016-09-16


८२ लाखको मर्मतको काम एकसाता पनि टिकेन ! - 2016-09-16
रौतहट ३१ भदौ देशकै मेरुदण्डको रुपमा परीचित पुर्व पस्चिम राजमार्गमा बर्षेनी मर्मतको नाममा लाखौ रकम दुरुपयोग हुने गरेको छ । एक महिनाअघि देखि राजमार्गको बागमती देखि चन्द्रनिगाहपुर सम्म सडक मर्मत गरेको भएपनि एकसाता नबित्दै भत्किएका छन ।

बिधार्थीका लागी बिधालयमा जेसीज - 2016-09-15
कलमपाटी ३० भदौ लुम्विनी कलेज काठमाण्डौ ले चन्द्रनिगाहपुर सिटी जेसिसको सहकार्यमा रौतहटको चन्द्रपुर नपा भित्रका सरकारी बिधालयका प्रधानाध्यापकहरु लाइ सम्मान गरेको छ ।

धार्मीक परम्परा मावन जिवनमा भाईचारको प्रतिक: प्रजिअ वराल - 2016-09-15
रौतहट ३० भदौ रौतहट प्रमुख जिल्ला अधिकार नरहरी वरालले धार्मीक परम्परा मावन जीवनमा भाईचारको प्रतिक हुने बताएका छन । नेपाल बहु जाती, बहु भाषिक र बहु साँस्कृतीको साझा फुलवारी भएकोले सवै धर्मलाई राज्यले समान व्यवहार गरेको बताउदै प्रमुख जिल्ला अधिकारी बरालले सवै धर्मलाई सवैले सम्मन गर्नु सराहनीय रहेको बताएका छन ।

एउटा आशा लाग्दा प्रहरी अधिकृत - 2016-09-15
नेपाल प्रहरी संगठनका प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवान आश लाग्दा प्रहरी अधिकृत हुन । संभवत प्रहरी संगठनमा पासवान जाती बाट खुल्ला प्रतिस्पर्धामा प्रहरी अधिकृत हुने उनी नै पहिलो व्यक्ति हुन । मोरगको दादरबैरिया गाबिस ३ मा ३१ बर्ष अघि जन्मिएका प्रहरी निरीक्षक पासवान रौतहटमा अपराध अनुशन्धानमा राम्रा दख्खल राख्ने प्रहरी अधिकृत हुन ।

चार हजार भन्दा बढी कर्मचारीले सम्पती विवरण बुझाएनन - 2016-09-15
काठमाण्डौ ३० भदौ चार हजार आठ सय ४८ निजामती कर्मचारीले यस आर्थीक बर्षमा सम्पत्ति विवरण बुझाएका छैनन ।

दाईजो र बालविवाह रोक्न गाँऊ जागरण कार्यक्रम - 2016-09-15
रौतहट ३० भदौ दाईजो प्रथा र बालविवाह समस्यालाई न्युनिकरणका लागी गाँऊ जागरण तथा सचेतना कार्यक्रम को आयोजना गरीएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र महिला सुरक्षा दवाव समुहको आयोजनामा गाविस प्रेमपुर गोनाही र देवाहीमा एक÷एक दिने गाँऊ जागरण कार्यक्रम सम्पन्न भएको छ ।

बन अधिकृतले काठ तस्करीमा प्रयोग भएको टेक्टर छोडे - 2016-09-15
रौतहट ३० भदौ जिल्ला बन कार्यालयले गएको जेठमा कांचो सालको गोलिया सहित बरामद गरेको टेक्टर पैसाको चलखेल गरी कागज मिलाएर छाडीएको छ । सिम्री इलाका बन कार्यालय र जंगलसैया साझेदारी बनको मिलेमत्तोमा काठ तस्करीमा प्रयोग भएको टेक्टर छुटाउन कागजात बनाएको पाइएको हो ।

हुलाकीमार्गमा अप्टिकल फाइबर बिछ्याइदिने भारतको प्रस्ताव - 2016-09-15
काठमाण्डौ ३० भदौ भारतले नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदने प्रस्ताव गरेको छ । भारतीय वैदेशिक सहयोगअन्तर्गत हुलाकीमार्गमा ९ सय ५० किलोमिटर लामो फाइबर बिछ्याइदिने प्रस्ताव गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681484 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top