समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


चिनीमिलमा मृत्यु भएका युवकको श्रीमतीलाई दश लाखको चेक हस्तान्तरण - 2017-11-15
रौतहट २९ कार्तिक // रौतहटको कटहरिया नगरपालिकाको डुमरियामा अवस्थीत बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि निमार्णका क्रममा गत अशोज २३ गते करेन्ट लागेर मृत्यु भएका युवक का परीवार लाइ दश लाख रकम प्रदान गरीएको छ ।

आगलागीबाट चार घर नष्ट - 2017-11-15
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ मा बुधबार आगलागीबाट चार घर जलेर नष्ट भएका छन् ।

बिरामीले तिरेको पैसा सरकारी अस्पतालमा कर्मचारीको खल्तीमा - 2017-11-15
रौतहट २९ कार्तिक चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीहरुले बिरामीले तिरेको शुल्क हिनामिना गर्ने गरेको पाइएको छ ।

जनकपुरको राराब क्याम्पसमा तालाबन्दी - 2017-11-13
क्याम्पस प्रशासनले पठन–पाठनमा ध्यान नदिएको आरोप लगाउँदै स्थानीय रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन ।

वडा सदस्यसँग आपत्तिजनक अवस्थामा भेटिएको आरोपमा वडाध्यक्ष पक्राउ - 2017-11-13
जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् ।

महोत्तरीमा अर्धचेत अवस्थामा फेला परेका सैनिकको मृत्यु - 2017-11-12
महोत्तरीको गौशाला नगरपालिका-८ स्थित जंगलमा अर्धचेत अवस्था फेला परेका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

दलित महिला भन्छन्-नाला, चर्पी र कलधारा बनाइदिनेलाई भोट - 2017-11-12
‘दलितको नाममा पैसा आउँछ भन्छन्, सबै मिलेर खान्छन् । हामीले पाउँदैनौं ।’ पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ महुवनस्थित दलित माझी मुसहर बस्तीकी रम्भादेविको भनाइ हो यो । पछिल्लो समयमा दलित समुदायमा विस्तारै सचेतना बढेको त उनको कुराले पुष्टि गर्छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - 2017-11-12
सिन्धुलीमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

गाउँपालिकाले छाड्यो विद्यालय भवन - 2017-11-12
रौतहटको जनता माविको भवनमा यमुनामाई गाउँपालिका कार्यालय सञ्चालन गरिँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएको सार्वजनिक भएपछि गाउँपालिकाको कार्यालय सारिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681523 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top