समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


बरामद चरेस , कोरेक्स र मदीरा नष्ट - 2016-10-20
कलमपाटी ४ कार्तिक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले करीव एक महिना भित्र बरामद गरेको घरेलु मदीरा, कोरेक्स र चरेस नष्ट गरेको छ । बुधवार प्रहरी कार्यालय परीसरमा करीव ६ सय लिटर घरेलु मदीरा , आधा किलो चरेर र ३७ वेतल कोरेक्स नष्ट गरेको छ ।

ट्रक र बस ठोक्किदा तीनजनाको मृत्यू - 2016-10-20
सिराहा ४ कार्तिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा बिहिवार बिहान ट्रक र बस एकआपसमा ठोक्किदा बसमा यात्रा गरीरहेका तीनजनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन ।

मृतक व्यक्तिको बृद्धभत्ता लिने कर्मचारी जेल चलान - 2016-10-18
रौतहट २ कार्तिक / बन्जराहा गाबिसका सव इन्जिनियर संजय कुमार सिंह मृत व्यक्तिको किर्ते हस्ताक्षर गरी बृद्धभत्ता लिएको आरोपमा जेल चलान भएका छन ।

हत्या गरेको आरोपमा दुइ जना जेल चलान - 2016-10-18
कलमपाटी २ कार्तिक एक महिला लाइ हत्या गरेको आरोपमा दुइ जना सोमवार जेल चलान भएका छन ।

पुर्वपस्चिम राजमार्गको बनक्षेत्रमा बिशेष सुरक्षा - 2016-10-18
कलमपाटी २ कार्तिक चाडपर्वलाई मध्यनजर गर्दै पुर्वपस्चिम राजमार्गको जंगल क्षेत्रमा सुरक्षाकर्मीले गस्ति बढाएको छ । रौतहटको धन्सर देखि बागमती सम्मको राजमार्गको वन क्षेत्रमा क्रस वोर्डर पेट्रोलिङ र आकस्मिक सुरक्षा लागि प्रहरी भ्यानको ब्यवस्था गरिएको छ भने ठाउ ठाउमा मोटरसाइकल सहितको प्रहरीको गस्ति राखिएको छ ।

शिल्यान्यास गरेको ६ महिना बित्यो, काम शूरु भएन! - 2016-10-18
कलमपाटी २ कार्तिक / राजनैतिक दलका नेताहरु , समाजका अगुवा व्यक्तिहरु , सरकारी कर्मचारी, नागरीक समाज लगाएत सवै सहभागी भएर शिल्यान्यास गरेको चन्द्रपुर नगरपालिकाको भवन निमार्णको काम महिनौ बितिसक्दा पनि अघि बढ्न सकेको छैन ।

डुवेर बृद्धा बेपत्ता, पुरीएर किशोरीको मृत्यू - 2016-10-18
कलमपाटी २ कार्तिक/ रौतहटमा एक किशोरीको माटोको ढिस्कोले पुरीएर ज्यान गएको छ भने नदीमा डुवेर एकबृद्धा बेपत्ता भएकी छिन ।

कुन जिल्लामा कति गरिब ? सबैभन्दा धेरै बाजुरामा, थोरै तनहुँमा ! - 2016-10-18
देशको २५ जिल्लामा गरिएको सर्वेक्षणले ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ ।

बेवारीसे घोडाले स्थानिय पिडित - 2016-10-17
कलमपाटी १ कार्तिक गौर चन्द्रनिगाहपुर सडक खण्डको सन्तपुर बजारमा छाडा छोडिएको घोडाका कारण सर्वसाधारण पिडित बनेका छन । बेवारीसे अवस्थामा राजमार्गमा छाडिएको घोडाहरु नियन्त्रण हुन नसक्दा सवारी दुर्घटना हुने खतरा बढेको स्थानियले बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681429 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top