समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


मुन लाइटमा हाजिर जवाफ प्रतियोगिता - 2016-12-16
कलमपाटी १ पुस/ रौतहटको चन्द्रनिगाहपुरका रहेको मुनलाइट एकाडेमीको आयोजनामा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

रौतहटमा मोटरसाइकल दुर्घटना एकको मृत्यू - 2016-12-16
रौतहट १ पुस / रौतहट स्थित राजमार्गको लमाहामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

मध्य तराइकै आधुनिक बसपार्क गौरमा - 2016-12-14
कलमपाटी २९ मंसिर/ निमार्ण भएको धेरै समय पछि गौरमा रहेको बसपार्क संचानमा आएको छ । मंगलवार देखि विधिवत रुपमा गौर बसपार्क संचालनमा ल्याइएको छ ।

प्याबसनको अधिवेशन सम्पन्न - 2016-12-14
रौतहट, २८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याबसनको आठौ जिल्ला अधिवेशन आज गौरमा सम्पन्न भएको छ ।

जंगल भित्रै चिरान संचालन गरी काठ तस्करी भएको बारे छानविन - 2016-12-11
रौतहट २६ मंसिर / रौतहटको गैडाटार इलाका बन कार्यालयको बनक्षेत्रमा चिरान संचालन गरेर काठ तस्करी भएको बिषयमा छानविन शुरु भएको छ ।

फरार अभियुक्त पक्राउ - 2016-12-10
रौतहट २५ मंसिर चन्द्रपुर नपा २ का अर्जुन धामी लाइ प्रहरीले पक्राउ गरेको छ । बन मुद्धामा फरार रहेको धामी लाइ प्रहरीले शुक्रवार राति पक्राउ गरेको हो ।

ब्राउनसुगर सहित चार जना पक्राउ - 2016-12-10
कलमपाटी २५ मंसिर/ रौतहटको चन्द्रपुर स्थित टेकानटोल बाट चार जना लाइ ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

बिपन्न महिलाहरु लाइ क्यान्सर सचेतना तथा निशुल्क भिआइए परिक्षण - 2016-12-10
पोखरा २५ मंसीर लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान तथा अन्तरष्ट्रिय मानव अधिकार दिवसका अवसरमा लक्षित वर्गका महिलाहरुलाई क्यान्सर सम्वन्धि सचेतना तथा भिआइए परिक्षण कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ ।

रौतहट यातायात ट्रक व्यवसायी संघमा अर्याल - 2016-12-10
कलमपाटी २५ मंसिर रौतहट यातायात ट्रक व्यवसायी संघको तेश्रो अधिवेशन तथा आठौ साधरण सभा चन्द्रनिगाहपुरमा शनिवार सम्पन्न भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681452 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top