समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


प्रधानमन्त्री सहभागी कार्यक्रममा अनुमती बिना ड्रोन उडाइयो - 2017-02-11
रौतहट २९ माघ/ रौतहटमा प्रधानमन्त्री सहभागी हुने एक कार्यक्रम अनुमती बिना आयोजकले ड्रोन उडाएर फोटो खिचिएको छ ।

प्रधानमन्त्रीको गलामा १२५ किलोको माला ! - 2017-02-11
रौतहट २९ माघ/ प्रधानमन्त्री पुष्प कमल दाहाल लाइ रौतहटमा एकसय २५ किलो तौलको फुलको माला लगाइ दिएर स्वागत गरीएको छ ।

बन कर्मचारी छोड्ने, प्रहरी समाउने ! - 2017-02-10
रौतहट २८ माघ / रौतहटमा पछिल्लो समय प्रहरीले काठ तस्करी नियन्त्रणमा सकृयता देखाए पनि केही बन कर्मचारीको द्रब्यमोहका कारण काठ चोरी तस्करी नियन्त्रण हुन सकेको छैन ।

रौतहट प्रहरीद्धारा कुखरा र मदिरा नष्ट - 2017-02-10
रौतहट २८ माघ / रौतहटमा प्रहरीले प्रतिबन्धित भारतमा उत्पादन भएको कुखरा बरामद गरी नष्ट गरेको छ ।

रौतहट प्रहरीद्धारा कुखरा र मदिरा नष्ट - 2017-02-10
रौतहट २८ माघ / रौतहटमा प्रहरीले प्रतिबन्धित भारतमा उत्पादन भएको कुखरा बरामद गरी नष्ट गरेको छ ।

भु माफियाले दर्ता गराएको बनको जमिनको दर्ता खारेज - 2017-02-05
रौतहट २३ माघ / बनक्षेत्रमा रहेको जमिन आफ्नो नाममा गराए पछि विवादमा आएको जमिनको जिल्ला बन कार्यालयले दर्ता खारेज गरेको छ ।

कान्छिआमाले हेला गरेपछि घरबाट भागेका वालकहरु रौतहटमा - 2017-02-05
रौतहट २३ माघ/ वास्तविक ठेगाना बताउन नसक्ने दुइजना वालकहरु लाइ रौतहटमा स्थानियले भेटेर प्रहरीको जिम्मा लगाएका छन । दूइ दिन ट्रकमा चढेर रौतहटको पौराइ आइपुगेका दुइजना दाजुभाइलाइ गाउलेले भेटेका थिए ।

३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ - 2017-02-05
दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

फास्ट ट्रयाक निर्माणको दवावका लागि रिलेअनसन - 2017-02-05
बारा २३ माघ/ निजगढ काठमाण्डौ जाड्ने फास्ट ट्रयाक र दोस्रो अन्तराष्ट्र्रिय विमान स्थल निर्माण गर्नका लागी दवाव दिने उदेश्यले शनीबार देखि रिलेअनसन शुरु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681475 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top