समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


तराइ मधेशका जिल्लामा मुसहरहरु आन्दोलित - 2017-02-19
कलमपाटी ८ फागुन/ नेपाल राष्ट्रिय मुसहर उत्थान संघले आइतवार रौतहट लगाएत तराइ मधेशमा बसोवास गर्दै आएका जिल्लाका सदरमुकाम गौरमा प्रर्दशन गरेका छन ।

रुपन्देहीमा प्रहरीको बन्दुक खोसेर फरार - 2017-02-19
रुपन्देही ८ फगुन / रुपन्देहीको मर्चवारमा स्थानियहरुले प्रहरी चौकी वडवडियामा ढुगांमुढा प्रहार गरेका छन । स्थानियले ढुगामुडा गेपछि ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

भारत सरकारको सहयोगमा बिधालय भवन निमार्ण हुदै - 2017-02-17
रौतहट ६ फागुन / भारतिय राजदुत रन्जित रे ले रौतहटमा शुक्रवार एक बिधालय भवनको सिलान्यास गरेका छन ।

१७ गतेदेखि पुराना गाडी चलाउन नपाइने - 2017-02-15
सरकारले फागुन १७ देखि मुलुकभरबाट २० वर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने तयारी गरेको छ ।

रौतहटमा दुइ करोड भन्दा बढी दाइजो लिएको रकम फिर्ता - 2017-02-15
रौतहट ४ फागुन/ रौतहटमा मुस्लिम समुदायले छोराको बिवाहमा लिएको दुइ करोड भन्दा बढी दाइजोको रकम फिर्ता गरेका छन । सो समुदायमा दाइजो लिनेदिने कार्य समेत बन्द हुदै गएको छ ।

सरकारी बिधालयमा पढ्ने छात्रालाइ साइकल उपहार - 2017-02-14
रौतहट ३ फगुन/ रौतहटको क्षेत्र नम्वर ३ मा रहेको सकरारी बिधालयमा कक्षा ८ र ९ मा पढ्ने छात्राहरु लाइ साइकल वितरण गरीएको छ ।

सहिद लखन थापा मगरको सालिक बन्ने - 2017-02-14
कलमपाटी ३ फागुन/ रौतहटको चन्द्रपुर ६ स्थ्ति सहिद स्मृती पार्क भित्र सहिद लखन थापाको पुर्ण कदको सालिक निमार्ण हुने भएको छ । सोमवार पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सालिकको सिलान्यास गरेका छन ।

रौतहटको गैडाटार जंगलमा फेरी गैडा देखियो - 2017-02-11
कलमपाटी २९ माघ/ रौतहटको गैडाटार जंगलमा केही महिना अघि गैडालाइ गोली हानी मारीएको थियो । सोह बन क्षेत्रमा अर्को गैडा देखा परेको स्थानियबासीले बताएका छन ।

आखा शिविरमा ३२७ को आखा जाच - 2017-02-11
कलमपाटी २९ माघ / रौतहटको चन्द्रपुर २ गैडाटारमा भएको आखा शिविरमा तीनसय २७ जनाले आखा जाच गराएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681453 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top