समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


हावाहुरी र असिना पिडित लाइ राहत बितरण - 2017-04-21
कलमपाटी ८ वैसाख / गएको चैत्र ११ गते आएको असिना पानीबाट पीडित परिवारलाई शुक्रवार पनि राहात बितरण गरीएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाले राहत वितरण गरेको छ ।

रौतहटमा अर्को पनि गैडा देखा पर्यो - 2017-04-21
शुक्रवार चन्द्रपुर स्थित कप्तानटोलमा देखा परेको गैडाको पाइला कलमपाटी ८ बैसाख / रौतहटको जंगल बाट चितवन मा एउटा गैडा स्तानान्तरण गरेको अर्को दिन रौतहटमा पुन अर्को गैडा देखा परेको छन ।

रौतहटको जंगलमा फेला परेको गैडा चितवन लगियो - 2017-04-20
कलमपाटी ७ बैसाख/ रौतहटको जंगलमा फेला परेको एकसिगे गैडालाई बिहिवार स चितवन स्थित निकुन्जमा सारीएको छ । गैडा जोखिममा पर्न सक्ने भन्दै सुरक्षित स्थानमा गैडालाइ सारीएको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।

रंगपुर क्षेत्रका अवैध मदिरा भट्टी नष्ट - 2017-04-17
कलमपाटी ४ बैसाख रौतहटको रगपुर क्षेत्रका अवैधरुपमा संचालित एक दर्जन घरेलु मदिरा भट्टीहरु प्रहरीले नष्ट गरेको छ ।

समयमा नै पुल निमार्ण नहुने भएपछि स्थानिय चिन्तीत - 2017-04-17
रौतहटको लालबकैया नदीमा निमार्णाधिन पक्की पुल कलमपाटी ४ बैसाख/ रौतहटको लालबकैया नदीमा निमार्णपधिन पुल समयमा नै निमार्ण नहुने भएको छ । रौतहटको गौर सदरमुकाम स्थित लालबकैया नदीको टिकुलिया घाटको पुल निमार्णमा ढिलाइ भएको हो ।

अपहरण भएको आशकामा घरमा रुवाबासी - 2017-04-15
रौतहट २ बैसाख/ दुइदिन देखि जवान छोरा सम्पर्क बिहिन भएपछि रौतहटको एक परीवारमा रुवावासी भएको छ ।

सप्तरीमा आगलागी १५ लाखको क्षेती - 2017-04-15
सप्तरी २ बैसाख/ सप्तरीको तात्कालिन पोर्ता गाविस–६ मा गए राति आगलागी हुँदा करिब १५ लाख भन्दा बढीको क्षेती भएको छ ।

किशोर किशोरीहरु लाइ नेतृत्व बिकाश तालिम - 2017-04-13
रौतहट ३१ चैत्र / किशोर किशोरीहरुका लागी नेतृत्व बिकाश तालिम रौतहटको बिभिन्न गाबिसहरुमा दिइएको छ ।

मुसहर बस्तिमा झडप एक बृद्धको मृत्यू - 2017-04-13
कलमपाटी ३१ चैत्र / रौतहटका कर्कचकर्मैया स्थित मुसहरबस्तिमा बुधबार राति दुइपक्ष बिच झडप हुदा एक बृद्धको ज्यान गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681434 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top