समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


विराटनगरमा गोली चल्यो, एक घाइते - 2017-07-13
विराटनगरको मुनाल पथमा बिहीबार बिहान ७ः३० बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन्

स्मार्ट सहरको पहिचान प्रक्रिया अन्तिम चरणमा - 2017-07-12
सहरी विकास मन्त्री प्रभु साहले भूगोल, आर्थिक सम्भाव्यता, जनसंख्या, उपलब्ध पूर्वाधार समेतलाई आधार मानी थप १० स्मार्ट सहरको पहिचान प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

भैँसी तस्करीमा संलग्न भएको आरोपमा रौतहटका एक असई निलम्बित - 2017-07-12
रौतहट २८ असार / रौतहटको प्रहरी चौकी बडहर्वाका असई हरेन्द्र राउत कुर्मी तस्करसित मिलेर सहयोग गरेको आरोपमा निलम्बनमा परेकाछन् ।

पाएनन् सुत्केरी महिलाले प्रोत्साहन भत्ता - 2017-07-12
रौतहट २८ असार / आर्थिक बर्ष सकिन लाग्दा पनि जिल्ला अस्पताल गौरमा प्रसुती सेवा वापत पाउने प्रोत्साहन भत्ता तर्फको अन्तिम किस्ताको रकम नआउदा सुत्केरी महिलाहरु प्रोत्साहन भत्ता पाउनबाट बंचित भएको छन् ।

बाँदर धपाउन १० लाख बजेट - 2017-07-12
काठमाडौ २८ असार / बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेस हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो ।

व्यापारी अपहरणमा संलग्न पूजासहित तीनैजना पक्राउ - 2017-07-11
काठमाणडौ २७ असार/ यसअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो ।

चरीचरण रोक्न डाले घांसको बिरुवा रोपियो - 2017-07-11
रौतहटको चन्द्रपुर ६ मा स्थित बनक्षेत्रमा खाली जमिनमा मंगलवार बृक्षारोपण गरीएको छ ।

स्थानियको अगुवाइमा रौतहटमा आधुनिक पक्कि प्रहरी चौकी निमार्ण - 2017-07-11
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती बजारमा नेपाल प्रहरीको प्रहरी चौकी भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सप्तरीका बाढी पिडित लाइ रौतहटबाट सहयोग - 2017-07-11
रौतहटको गौर बाट सप्तरीका बाढी पिडित हरुका लागी राहत सामाग्री संगलन गरी लगिएको छ । राहत बितरणका लागी सोमवार सप्तरी गएको टोलीले मगलवार राहत बितरण गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681522 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top