समाज

मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट १ पुस //
दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।


लागुऔषध सहित एक जना पक्राउ - 2017-08-10
प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाले चेकजाँचका क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ का १७ वर्षे प्रदिप गुप्तालाई पक्राउ गरेको हो ।

बलेरो जीपबाट सखुवा को गोलिया काठ तस्करी - 2017-08-10
रौतहटमा पछिल्ला दिनहरुमा जीप, टेक्टर, मोटरसाइकल बाट काठ तस्करी हुने गरेको पाइएको छ । बलेरो जीप बाट सखुवाको गोलिया तस्करी हुने गरेको पाइएको छ ।

मदीरा उधोग बिरुद्ध गौर चन्द्रपुर सडक चारघण्टा बन्द - 2017-08-09
रौतहटमा संचालित मदीरा उद्योगहरुले नदीमा मिसाइएको दुषीत पानीका कारण किसानहरुले लगाएको वालीनाली नष्ट भएकाले क्षेतिपुर्तिको माग गर्दै आन्दोलनमा उत्रेका किसानले बुधवार चारघण्टा राजमार्ग अवरुद्ध बनाएका छन ।

ठुलो मात्रामा विष्फोटक पदार्थ सहित पक्राउ परेकाहरु रिहा - 2017-08-09
ठुलो परीमाण मा बिष्फोटक पदार्थ सहित पक्राउ परेका विप्लव माओवादीका कार्यकर्ताहरु जिल्ला अदालतको आदेशले बुधवार धरौटिमा रिहा भएका छन ।

डुवेर बालिका मृत्यू घटनाको छानविन टोली रौतहटमा - 2017-08-08
नया सडक बनाउदा माटो झिकेको खाडलमा डुवेर चारजनाको मृत्यू भएको बिषयमा छानविन गर्न बनेको छानविनटोली मंगलवार रौतहट आइपुगेको छ ।

तीन वालिका दुइसाता देखी हराए - 2017-08-08
रौतहटको चन्द्रपुर नगरपालिका २ रैयाटोल बाट तीनजना बालिकाहरु हराइरहेका छन । स्थानिय चन्द्रपुर नपाको रैयाटोलका शंकर परीयारका १२ बर्षिया छोरी सरस्वती परीयार, ९ बर्षिया छोरी रोजीना परीयार र छिमेकी १२ बर्षिया सिसम राई दुइसाता देखि हराइरहेका हुन ।

माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु - 2017-08-08
करेन्ट लगाएर माछा मार्न खोज्दा दाङमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना निवासी २८ बर्षीय हेमन्त केसीको विद्युतको तारवाट खोलामा माछा मार्ने प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बडिमालिकामा मृत्यु भएका वडाध्यक्षको शव उठ्यो - 2017-08-08
बाजुराको बडिमालिका क्षेत्रमा रहेको रामबहादुर बोहोराको शव मंगलबार नेपाली सेनाको हेलिकप्टरले उठाएको छ

स्वाइन फ्लु होइन, कडा रुघाखोकीु - 2017-08-08
अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 NEXT

English News



681495 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top