काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
सप्तरी घटनाको बिरोधमा काठमाण्डौमा मोर्चाको प्रर्दशन - 2017-03-09
काठमाण्डौ २६ फागुन / सप्तरीको राजविराजमा भएको घटनाको विरोध गर्दै मधेसी मोर्चा सहितको संघीय गठवन्धन काठमाण्डौमा प्रदर्शन गरेको छ ।

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनु पर्छ– चुरे भावर - 2017-03-09
कलमपाटी २६ फागुन/ शान्तिपुर्ण तरिकाले आमसभा तथा जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरे भावर राष्ट्रिय एकता पार्टीले संबन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।

स्थानिय चुनाव रोक्न मोर्चाको माग - 2017-03-09
काठमाण्डौ २६ फागुन / मधेसी मोर्चाले सरकार संग स्थानीय चुनावका सबै कार्यक्रम स्थगित गर्न माग गरेको छ । चुनाव स्थगनको घोषणा नगरे ७ दिनपछि सरकारलाई मोर्चाको समर्थन फिर्ता हुने मधेसवादी नेताहरूले प्रधानमन्त्री लाइ जानकारी गराएका छन ।

कार्यकर्ता माथीको ज्यादती रोक्न एमालेको मोर्चा लाइ चेतावनी - 2017-03-08
काठमाण्डौ २५ फागुन / नेकपा एमालेले सप्तरी घटनापछि जिल्लाहरुमा आफ्ना कार्यकर्ता माथि ज्यादती गरिएको भन्दै त्यस्ता कार्य रोक्न मधेसी मोर्चा लाइ चेतावनी दिएको छ ।

मधेस मामिलामा एमालेले महसुस गरेका ४ कमजोरी - 2017-03-08
प्रदेश नम्बर २ का सन्दर्भमा एमाले नेतृत्वले समीक्षा गर्दैछ । तर, प्रदेश सीमांकनदेखि सप्तरी घटनासम्म पुग्दा एमालेले यो प्रदेशका सन्दर्भमा केही कमजोरी भएको महशुस गर्न थालेको छ । एमाले नेताहरूसँगका अनौपचारिक कुराकानीका क्रममा आफ्ना केही कमजोरी महशुस गरेको बुझ्न सकिन्छ ।

नेकपा एमालेको अभियान २७ गते हेटौडा बाट - 2017-03-08
काठमाण्डौ २५ फागुन/ सप्तरी गोली काण्डपछि नेकपा एमालले प्रस्तावित प्रदेश नम्बर २ मा का जिल्लाहरुमा अभियान स्थगित गरेको छ ।

मधेशी मोर्चाले गर्यो आन्दोलनको घोषणा - 2017-03-07
मधेशी मोर्चाको सप्तरी घटनाको विरोध स्वरुप नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

सप्तरी घटनाको बिरोधमा रौतहटमा प्रर्दशन - 2017-03-07
रौतहट २४ फागुन / रौतहट सदरमुकाम गौर लगाएत जिल्लका बिभिन्न स्थानहरुमा मधेसी मोर्चाका नेता कार्यकर्ताले मंगलवार प्रदर्शन गरीरहेका छन ।

सप्तरीको सिडिओ सहित सुरक्षा प्रमुखहरु लाइ मन्त्रालय झिकाइयो - 2017-03-07
काठमाण्डौ २४ फागुन / गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लाइ मन्त्रालयमा झिकाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378654 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top