काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
पुर्व सभासद , केन्द्रिय तहका नेता लगाएत सयौ मानिस एमालेमा प्रवेश - 2017-03-30
महोत्तरी १७ चैत्र / बिभिन्न पार्टीका त्याग गरी पुर्व सभाभद , पोलिटव्युरो सदस्य , केन्द्रिय सदस्य लगाएत जिल्ला तहका करीव एक हजार नेताहरु नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन ।

केन्द्रिय नेता सहित दर्जनौ नेता द्धारा सद्भावना पार्टी परीत्याग - 2017-03-29
रौतहट १६ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि विभिन्न आरोपहरु लगाउँदै केन्द्रीय सदस्य योगेन्द्र राय यादवसहित दर्जनौं युवा नेताहरुले सो पार्टी परित्याग गरेका छन् ।

नेकपा एमालेको प्रदेश २ स्तरीय कार्यकर्ता भेला बर्दिबासमा शुरु - 2017-03-29
महोतरी १६ चैत्र नेकपा एमालेको प्रदेश २ को कार्यकर्ता भेला बर्दिवासमा बुधवार बाट शुरु भएको छ ।

दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी - 2017-03-29
सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ ।

चन्द्रपुरलाइ नमुना शहर बनाउन सकिन्छ : सपुत कार्की - 2017-03-29
रौतहटको चन्द्रपुर क्षेत्रमा सपुत बहादुर कार्की परीचित नाम हो । २०३७ साल देखि बिधार्थी राजनिती बाट नेपाली काग्रेस पार्टीमा सकृय कार्की राजनिती सगै समाज सेवामा पनि सकृय छन ।

जनताले मलाई मेयरमा उठाउनु पर्छ भनेका छन : संजय कार्की - 2017-03-28
लामो समय देखि पत्रकारिता मार्फत समाज सेबा गर्दै आएका रौतहट का संजय कार्की राजनीतिमा लागेका छन । अवका दिनमा राजनिती बाट नै समाज सुधार गर्न र समाजीक बिकाश गर्नका लागी रौतहट स्थित चन्द्रनिगाहपुरका युवा संजय कार्कीले चन्द्रपुर नगरपालिकाको मेयर पदका लागी आफु पनि उम्मेदवार को रुपमा प्रस्तुत गर्ने भएका छन ।

रौतहटमा निर्वाचन कार्यालय मधेशी मोर्चा द्धारा घेराउ - 2017-03-28
रौतहट १५ चैत्र/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रौतहटको गौरमा रहेको जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएका मोर्चा कार्यकतर्ताहरुले मंगलवार सो कार्यालय घेराउ गरेका छन ।

कांग्रेसले भेट्टाएन ६८८० दलित महिला उम्मेदवार - 2017-03-28
देशभरका स्थानीय तह अन्तरगत हरेक वडामा एक महिला र एक दलित महिला उम्मेदवार हुनुपर्ने व्यवस्थालाई स्थानीय सरकारमा उनीहरुको पहुँचका दृष्टिले ऐतिहासिक निर्णय मानिएको छ ।

मधेस आन्दोलनको छानबिन गर्न उच्चस्तरीय टोली महोत्तरीमा - 2017-03-26
महोत्तरी : मधेस आन्दोलनको क्रममा हत्या गरिएको सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्याको छानबिन गर्न उच्चस्तरीय टोली आइतबार महोत्तरीको तत्कालिन महोत्तरी गाविस ९ स्थित सनुखडा पुगेको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378671 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top