काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
सर्लाहीको क्षेत्र नं. २ को प्रदेशसभा ‘ख' बाट फोरम विजयी - 2017-12-10
सर्लाहीको क्षेत्र नं. २ को 'ख' बाट राजपा–फोरम गठबन्धनका अशोक कुमार यादव विजयी भएका छन्।

केपी ओली करिब २८ हजार बढी मतले विजयी - 2017-12-10
एमाले अध्यक्ष केपी शर्मा ओली करिब २८ हजार बढी मतले विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ मा ओलीले खगेन्द्र अधिकारीलाई २७ हजार ८ सय ४२ मत अन्तरले हराउँदै विजयी भएका हुन्।

प्रदेश २ मा प्रतिनिधिसभामा वाम गठबन्धनले खाता खोल्यो, प्रभु साह विजयी - 2017-12-10
वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।

चुनाव जित्दै गर्दा ओलीले भने- हामी जितमा मात्तिदैनौं - 2017-12-10
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् ।

झापाका सबै क्षेत्रमा वामपन्थी उम्मेदवारको दबदबा, विश्वप्रकाश र सिटौला कमजोर - 2017-12-10
झापाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले आफ्नो बलियो उपस्थिति सावित गर्दै लगेका छन् ।

प्रधानमन्त्री देउवा सात हजार मतान्तरले विजयी - 2017-12-10
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

चुनाव जितेपछि महतोले भने- संविधान संशोधन गराउँछु - 2017-12-10
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्नो जित मधेस आन्दोलनको जित भएको बताएका छन् ।

रौतहट २ मा काग्रेसका आलम बिजयी - 2017-12-10
रौतहटको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसका मो.अफताब आलम १८ हजार ८ सय ३३ मत प्राप्त गरी बिजयी भएका छन ।

अनिल झा भारी मतले विजय - 2017-12-10
रौतहट क्षेत्र नं. १ प्रतिनिधि सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य एवंम मधेशी प्रभावसाली नेता अनिल कुमार झा २१ ह्जार ४ सय ७२ मत लियाई करिव ५ हजार ६ सय मतले विजय हुनु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1371464 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top