काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
हाम्रो युद्ध पनि शान्तिका लागि थियो : प्रचण्ड - 2017-12-29
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन्।

विप्लप कार्यकर्ताद्वारा वडाध्यक्ष कुटिए - 2017-12-28
पूर्वी अरुण गाउँपालिका–१याङपाङका वडाध्यक्ष नगेन्द्र खत्रीमाथि शुक्रबार बिहान कार्यकक्षतिर जाँदै गर्दा भएको सांघातिक हमलाको विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले बिहिबार जिम्मा लिएको छ ।

अशक्त बिरामीलाई मासिक पाँच हजार दिने सरकारको निर्णय - 2017-12-28
सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।

एमाले स्थायी समिती बैठकका एजेण्डा के ? - 2017-12-28
निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाले स्थायी समिती बैठक बिहीबार बस्दै छ ।

यी हुन् एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला - 2017-12-22
एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ।

केन्द्रिय अध्यक्ष कै जमानत जफत - 2017-12-15
गौर २९ मंसीर // प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

रौतहटमा समानुपातिक तर्फ कुन दलको कति मत - 2017-12-14
रौतहट २८ मंसीर रौतहटमा समानुपातिक तर्फको मतगणना कार्य सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौरको जुद्धउच्च माध्यमिक विद्यालयमा भएको मतगणनामा नेपाली काग्रेस लाई सबैभन्दा बढि मत परेको छ ।

दल बदल्ने उम्मेदवार सवै पराजीत - 2017-12-14
गौर २८ मंसीर // रौतहटमा उम्मेदवारी दर्ताको केहीदिन अघि दल बदलेर उम्मेदवार बनेका सवै उम्मेदवारहरु हारेका छन । रौतहट क्षेत्रनम्बर ३ का नेपाली काग्रेस परित्याग गरी राजपा नेपालबाट उम्मेदवार बनेका ओमप्रकास जैयसवाल तथा क्षेत्रनम्बर ४ बाट उम्मेदवार बनेका कन्थमणि प्रसाद कलवार पराजीत भएका छन ।

प्रहरीका पुर्व आईजीपी, पुर्व राज्यमन्त्री पराजीत - 2017-12-14
रौतहट २८ मंसीर// रौतहटमा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिएका चर्चित व्यक्तिहरुले हार वेहोर्नु परेका छन । जिल्लाको बिभिन्न निर्वाचन क्षेत्रको प्रतिनिधी सभा तथा प्रदेशका क्षेत्रहरुमा उम्मेदवारी दिएका पुर्व राज्यमन्त्री , पुर्व आइजीपी, पुर्व बिशिष्ट कर्मचारी पराजित भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1371444 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top