काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सांसद्लाई आज प्रमाणपत्र वितरण - 2018-02-07
काठमाडौं : प्रदेश २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित सांसद्लाई आज निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने भएको छ ।

प्रदेश २ को पहिलो बैठकः विकास र समृद्धिको सपना - 2018-02-04
जनकपुरधाम // प्रदेश नम्बर २ पहिलो प्रदेशसभा बैठक आइतबार सम्पन्न भएको छ । जनकपुरमा बसेको प्रदेशसभाको पहिलो बैठकमा सबैभन्दा बलियो मुद्दाको रूपमा विकास र समृद्धि रह्यो ।

प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज तय हुने - 2018-02-01
धनुषा: प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ ।

वीरगञ्ज राजधानी बनाए मुख्यमन्त्रीलाई डेढ करोडको गाडी ! - 2018-01-31
वीरगञ्ज : वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेर संघर्षरत समितिले मुख्य मन्त्रीका लागि दिने गाडी समेत सार्वजनिक गरेको छ ।

प्रधानन्यायाधीश पराजुलीले मलाई ज्यान मार्ने धम्की दिए : अधिवक्ता भण्डारी - 2018-01-31
काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन्।

खाल्डोमा डुुबेर चार जना मरेको घटना नसेलाउदै त्यसै खाल्डो खन्दै ठेकदार - 2018-01-30
रौतहट १६ माघ // जिल्लाको मध्यभाग गरुडा स्थित सडक निर्माण गर्न खनिएको खाल्डोमा एकैपटक चारबालिका मरेको घटना न सेलाउदै पुुन.ंएक ठेकदारले सडक निर्माण गर्न त्यस्तै खाल्डो खनीरहेको छ ।

टेबल ठोक्न नपाउने भए सांसदले - 2018-01-30
बुटवल : संसद् बैठकमा सांसदले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्छन्। तर, प्रदेश ५ का सांसदले भने त्यो मौका नपाउने भएका छन्।

भारतीय दूतावासको भोजमा किन गएनन् ओली ? - 2018-01-26
काठमाडौँ : दक्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो ।

बागलुङमा देवेन्द्र पौडेलसहित दुई सांसद कुटिए - 2018-01-26
बागलुङ: बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378655 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top