काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
प्रदेश २ को मन्त्रिपरिषद् : विजय यादव अर्थ, जितेन्द्र सोनल पूर्वाधारमन्त्री - 2018-02-15
जनकपुरधाम : प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त - 2018-02-15
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

राजीनामा घोषणा गर्दै देउवाले भने- 'मेरो कार्यकाल सफल' - 2018-02-15
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्। बिहीबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन्। प्रधानमन्त्रीका रुपमा यो उनको चौँथो कार्यकाल हो।

प्रदेश २ः मुख्यमन्त्रीको सपथ आज, आजै मन्त्रिपरिषद गठनको तयारी - 2018-02-15
जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले बिहीबार सपथग्रहण गर्दैछन् । उनको नियुक्ति बुधबार नै भएपनि सपथ ग्रहण बिहीबार हुन लागेको हो ।

राष्ट्रपतिले ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने, सपथग्रहण ४ बजे - 2018-02-15
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् ।

आजै राजीनामा दिने तयारीमा प्रधानमन्त्री देउवा - 2018-02-14
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन्। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ पद त्याग गर्ने योजना प्रधानमन्त्री देउवाको छ।

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त, सपथ भोलि - 2018-02-14
जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् ।

प्रदेश २ सम्बृद्ध बन्छ : अध्यक्ष यादव - 2018-02-12
रौतहट २९ माघ// प्रदेश नम्वर २ मा स्वास्थ्य, शिक्षा, सरसफाइको अवस्था नाजुक रहेको ले गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता रहेको संघिय समाजवादी फोरम नेपालका अध्यष उपेन्द्र यादवले बताउका छन ।

उपेन्द्र यादवलाई गरूडाका मेयरले लगाइदिए ५१ किलोको माला - 2018-02-12
रौतहट : जिल्लाको गरुडा नगरपालिकाले संघीय समाजवादी फोरम नेपालका अध्यक्षलाई ५१ किलोको मालाले सम्मान गरेको हछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378611 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top