काग्रेस सभापती र गृहमन्त्री रौतहटमा

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित - 2018-03-30
मलंगवा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐनको परिधिभित्र रहेर काम नगर्ने कर्मचारीलाई जागिर छाडेर घर बस्न सुझाव दिएका छन् ।

तलब नतोकिएपछि सांसदलाई पेश्की - 2018-03-30
जनकपुरधामः प्रदेशसभा सदस्यको तलब निर्धारण नभएपछि प्रदेशसभा सचिवालयले पेश्कीस्वरूप रकम उपलब्ध गराएको छ। संघीय अर्थ मन्त्रालयबाट प्राप्त बजेटमार्फत प्रदेशसभा सदस्यलाई पेश्कीस्वरूप ८० लाख २५ हजार रकम उपलब्ध गराइएको हो।

'कर्मचारीतन्त्रले संघीयता स्विकारेन' - 2018-03-30
वीरगन्ज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा कर्मचारीले असहयोग गरेको बताएका छन्। संघीयता स्वीकार नगरेको कर्मचारीतन्त्रको असहयोगकै प्रदेश सरकारलाई काम गर्न समस्या भएको उनको भनाइ छ।

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने - 2018-03-29
सर्लाही १५ चैत्र // पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि आर्थिक शिखर सम्मेलनको तयारी भइरहेको बताएका छन्।

१६ बुदे माग राख्दै गढीमाइ नगरपालिकामा तालाबन्दी - 2018-03-28
रौतहट १४ चैत्र // रौतहटको गडीमाई नगरकार्यपालिका कार्यालयमा स्थानीयबासीले बुधबार तालाबन्दी गरेका छन । नगरपालिकाको कार्यालयले खरिद गरेको कम्प्युटर, फर्निचर तथा स्टेशनरी सामान र दराज खरिदमा अनियमितता गरेको आरोप स्थानियको छ ।

स्वच्छ पानी पिउने अधिकारको शुनिश्चितता गर्छु : मन्त्री मगर - 2018-03-28
रौतहट १४ चैत्र // खानेपानी मन्त्री विना मगरले स्वस्च्छ पानीमा जनताको सर्वसुलभ पहुज पुर्याउन आफु योजना नै बनाएर अगाडी बढ्ने बताएकी छिन ।

प्रदेश २ संसद् बैठक बस्दै, प्रस्तुत विधेयकमाथि छलफल हुने - 2018-03-27
जनकपुरधाम :

प्रदेश २ को संसद् बैठक आज बस्दै - 2018-03-26
जनकपुर : प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दैछ । यसअघि विजनेस नपाएर दुईपटक स्थगित बैठक आज पुनः बस्न लागेको हो ।

ओली यसकारण चाहन्छन् भारत भ्रमणअघि नै पार्टी एकता ! - 2018-03-25
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा जानुअघि दक्षिण एशियाकै सबैभन्दा बलियो शक्तिसाली कम्युनिस्ट पार्टीको नेता बन्न चाहन्छन् ?

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1376268 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top