logo
18 Dec 2018   |   
समाज

दुइसय २५ भन्दा बढीले गरे रक्तदान



समाज   40 पटक पढिएको   कलमपाटी     
रौतहट २ पुस रौतहटको चन्द्रनिगाहपुरमा सोमवार भएको रक्तदान कार्यक्रममा २ सय २५ भन्दा बढी गरेका छन ।

दुइसय २५ भन्दा बढीले गरे रक्तदान


साझ ५ बजे सम्ममा २ सय २५ जनाले रक्तदान गरेका थिए ।

चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औ बार्षिक साधारण साभाको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

गएको बर्षहरुमा पनि सो सस्थाले साधारण सभाको अवसरमा रक्तदान गर्दै आएको छ ।

रंक्त संचार केन्द्र भरतपुर चितवनको सहयोगमा रक्तदान कार्यक्रम गरीएको सहकारी सस्थाका अध्यक्ष प्रकाश गहतराजले जानकारी दिएका छन ।

 सो रक्तदान कार्यक्रममा सुनचादी ब्यबसायी संघ, रौतहट क्रिष्टियन समाजमा आबद्ध पदाधिकारीहरुले समेत रक्तदान गरेका छन । 

कार्यक्रममा प्रदेश सभा सदस्य धनलाल ठोकर, इलाका प्रशासन कार्यालयका प्रमुख फणिन्द्र दाहाल, चन्द्रनिगाहपुरमा रहेको बिभिन्न सरकारी सस्था तथा गैरसरकारी सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

रौतहटको चन्द्रपुर नगरपालिकाका करीव एक दर्जन संघसस्थाहरुले नियमित रुपमा बर्षेनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन ।











2167741 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top