एमाले अध्यक्ष ओली र चिनका अन्र्तराष्ट्रिय बिभागका उपमन्त्री बिच भेट

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
१६ बुदें प्रस्ताव पारीत गर्दै एमालेको केन्द्रिय कमिटीको बैठक सम्पन्न - 2016-09-27
काठमाण्डौ ११ असोज / नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौ बैठक छ दिनसम्म चलेर मंगलवार सम्पन्न भएको छ । बैठकले राष्ट्रिय राजनीति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा गम्भीर छलफल गरी निष्कर्षहरु निकालेको एमालेले जनाएको छ ।

सरकार संग मोर्चाले निर्णायक बार्ता गर्ने - 2016-09-26
काठमाडौं १० असोज मधेसी मोर्चाले सरकार संग निर्णायक बार्ता गर्ने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चा संग कुरा मिलसकेको भन्दै नाटक समेत गरेको मोर्चाले आरोप लगाएको छ ।

लेखा समितीमा एमाले र माओवादीको दावी - 2016-09-26
काठमाण्डौ १० असोज व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्र र नेकपा एमालले दावी गरेका छन । प्रमुख सचेतक सहित शीर्ष तीन दलको बैठकमा लेखा समितिको सभापतिमा एमालेले दावी गरेको छ भने पहिले माओवादीले पाएको सो पद पुन पाउनु पर्ने अडान माओवादीको छ ।

विवाह गरेर आउने बित्तिकै प्रधानमन्त्री बन्न पाइदैन : एमाले नेता नेपाल - 2016-09-26
काठमाण्डौ १० असोज पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सीमांकन हेरफेर, अंगीकृत नागरिकले राज्यका प्रमुख संवैधानिक पदमा जान पाउनुपर्छ भन्ने जस्ता मागहरु मधेसी समुदायको नभएको बताएका छन ।

माझी मुक्ति मोर्चाको रौतहट, बारा भेला - 2016-09-25
रौतहट ९ असोज उर्जा राज्यमन्त्री सत्य नरायण भगतले रौतहटको बिकट गाउ सिम्रीको बिकासमा ध्यान दिने प्रतिवद्धता जनाएका छन । माझी मुक्ति मोर्चाको संयुक्त बारा र रौतहट जिल्लाको तेश्रो भेलामा आइतवार राज्यमन्त्री भगतले सो कुरा बताएको हुन ।

ओली सरकारको प्रशंसा - 2016-09-24
काठमाण्डौ ८ असोज नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदनको सुझाव दिने काम सकिएको छ । ओली नेतृत्वको सरकारले गरेका कामकारहरु को प्रशंसा गरीएको छ ।

बैध माओवादीका सचिवालय सदस्य सहित १५ जना पक्राउ - 2016-09-23
काठमाण्डौ ७ असोज / मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवाद िक्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा लगाएत कार्यकर्ताहरु लाइ प्रहरीले पक्राउ गरेको छ ।

मधेसमा विशेष अभियान चलाउन माग - 2016-09-23
काठमाडौं / एमालेका केन्द्रीय नेताहरूले मधेसविरोधी छवि मेटाउन तराईमा पार्टीले अविलम्ब विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले पार्टीभित्रको चरम गुटबन्दी अन्त्य गरी तराई मधेसमा पार्टीले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

युवा संघ द्धारा रौतहटमा प्रशिक्षण कार्यक्रम - 2016-09-23
कलमपाटी ७ असोज नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल रौतहट द्धारा आयोजीत दुइ दिने जिल्ला स्तरीय प्रशिक्ष कार्यक्रम सम्पन्न भएको छ । चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा युवा संघ नेपालका केन्द्रय सचिव नरेश शाही प्रमुख आथित्यमा प्रशिक्षण कार्यक्रम भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1374209 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top