एमाले अध्यक्ष ओली र चिनका अन्र्तराष्ट्रिय बिभागका उपमन्त्री बिच भेट

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
रौतहटमा २५ प्रतिशत भन्दा बढी मत खस्यो - 2017-12-07
रौतहटको विभिन्न मतदान स्थानबाट उम्मेदवारहरु समेत मतदान गरेको छन् ।

देउवाले हाले भोट - 2017-12-07
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

सिके राउतको गाउँमा मतदाता गएनन्, पर्सामा झडप, मकवानपुरमा नक्कली बम - 2017-12-07
छिटपुट घटनाबाहेक देशभर शान्तपूर्वक रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ। केही स्थानमा सामान्य झडप भएको छ भने केही मतदानस्थलमा बिहान १० बजेसम्म मतदाता पुगेका छैनन्।

रौतहटमा बिहान १० बजे सम्म शान्तिपुर्ण रुपमा मतदान हुदै - 2017-12-07
रौतहटको ४४९ मतदान केन्द्रहरुमा बिहान १० बजेसम्म शान्तिपुर्वक रुपमा मतदान कार्य भईरहेको छ ।

बाराकाे गौरीशंकर मतदान केन्द्रमा पूर्वमन्त्री पौडेलकाे पहिलाे मत - 2017-12-07
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन एमालेका नेता तथा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मतदान गरेका छन् ।

सिमरा, औराहमा १०५ बर्षिय बृद्धाद्वारा मतदान - 2017-12-07
जीतपुरसिमरा उपमाहानगरपालीका ४ औराहमा १०५ बर्षिय पबित्रा उपाध्यायले मतदमन गर्नुभएको छ ।

जनकपुरमा उत्साहपूर्वक मतदान - 2017-12-07
प्रतिनीधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि धनुषामा उत्सापूर्वक मतदान भइरहेको छ।

एमाले सचिव भीम आचार्यले सुनसरीबाट गरे मतदान - 2017-12-07
एमाले सचिव एवम् पूर्वमन्त्री भीम आचार्यले सुनसरीबाट मतदान गरेका छन् ।

भोट हालेपछि प्रचण्डले भने- समृद्धिको यात्रा सुरु भयो - 2017-12-07
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1371461 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top