समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
शिल्यान्यास गरेको ६ महिना बित्यो, काम शूरु भएन! - 2016-10-18
कलमपाटी २ कार्तिक / राजनैतिक दलका नेताहरु , समाजका अगुवा व्यक्तिहरु , सरकारी कर्मचारी, नागरीक समाज लगाएत सवै सहभागी भएर शिल्यान्यास गरेको चन्द्रपुर नगरपालिकाको भवन निमार्णको काम महिनौ बितिसक्दा पनि अघि बढ्न सकेको छैन ।

डुवेर बृद्धा बेपत्ता, पुरीएर किशोरीको मृत्यू - 2016-10-18
कलमपाटी २ कार्तिक/ रौतहटमा एक किशोरीको माटोको ढिस्कोले पुरीएर ज्यान गएको छ भने नदीमा डुवेर एकबृद्धा बेपत्ता भएकी छिन ।

कुन जिल्लामा कति गरिब ? सबैभन्दा धेरै बाजुरामा, थोरै तनहुँमा ! - 2016-10-18
देशको २५ जिल्लामा गरिएको सर्वेक्षणले ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ ।

बेवारीसे घोडाले स्थानिय पिडित - 2016-10-17
कलमपाटी १ कार्तिक गौर चन्द्रनिगाहपुर सडक खण्डको सन्तपुर बजारमा छाडा छोडिएको घोडाका कारण सर्वसाधारण पिडित बनेका छन । बेवारीसे अवस्थामा राजमार्गमा छाडिएको घोडाहरु नियन्त्रण हुन नसक्दा सवारी दुर्घटना हुने खतरा बढेको स्थानियले बताएका छन ।

कुखुरा उत्पादक सघकै पदाधिकारी चल्ला तस्कर, तस्करीमा संलग्न १४ जना भारतिय जेल चलान - 2016-10-16
कलमपाटी ३० असोज/भारतमा उत्पादन भएको कुखुराको चल्ला तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका १४ जना भारतिय नागरीक जेल चलान भएका छन । रौतहट कुखुरा व्यवसायी संघका पदाधिकारीहरु लाइ सार्वजनिक मुद्धा चलाइएको छ ।

साथीलाई बचाउन जादा आफै मरे विजय - 2016-10-15
रौतहट २९ असोज / एमबिबिस पढ्दै गरेका एक युवकको बागमती नदीमा डुवेर मृत्यू भएको छ ।रोल्पा जिल्लाको कालावाङ्ग गाबिस ७ घर भएका २० बर्षिय बिजय बुढामगर असोज २६ गते रौतहटको नुनथर स्थित बागमती नदीमा डुवेरर बेपत्ता भएका थिए ।

मधेशमा झोलुङ्गे पुल सहजता सगै आर्कषण - 2016-10-14
झोलुङ्गे पुल भन्ने बित्तिकै पहाडमा मात्रै हुन्छ भन्ने धारण छ तर तराइ मधेशको जिल्लाहरुमा पनि झोलुङ्गे पुल निमार्ण हुन थालेपछि स्थानिय लाइ आवतजावतमा सहज हुन थालेको छ । पहाडी जिल्लाहरुमा झोलुङ्गे पुलहरु धेरै निमार्ण हुने भएपनि पछिल्ला बर्षहरुमा मध्य तराइको रौतहट, बारा, सर्लाही लगाएतका जिल्लाहरुमा झोलुङ्ग पुलहरु निमार्ण भएका छन ।

भोकमरी सूचकांकमा नेपाल दक्षिण एसियामा सबैभन्दामाथि - 2016-10-14
काठमाडौं २८ असोज,। विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा परेको छ । कूल १ सय १८ वटा विकाशशील राष्ट्र सम्मिलित उक्त सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा राम्रो अवस्थामा रहेको देखिएपनि सूचकांकको हिसाबले नेपालमा भोकमरीको अवस्था भने गम्भीर नै रहेको पाइएको छ ।

डुंगा दुर्घटना हुदा आठ जनाको मृत्यू, केही बेपत्ता - 2016-10-14
इलाम २८ असोज/ इलामको महमाइ र दानाबारी स्थित माइखोलामा डुंगा दुर्घटना हुदा शुक्रवार आठ जनाको ज्यान गएको छ । क्षमता भन्दा बढी यात्रु लाइ नदी तार्दै गर्दा बाढीका कारण डुगा दुर्घटना भएको स्थानियबासीले बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781902 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top