समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
रौतहटमा एकैदिन १३ वटा मदिरा भट्टी नष्ट - 2016-12-23
कलमपाटी ८ पुस / चन्द्रपुर नगरक्षेत्रमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु नियन्त्रण गर्ने अभियानलाइ प्रहरीले तिब्र बनाएको छ ।

शहर बन्दै राजमार्ग छेउका गांउहरु - 2016-12-22
कलमपाटी ७ पुस / सघियताको संरचना अनुसार मध्य तराइको पर्सा देखी सप्तरी जिल्ला सम्मका आठवटा जिल्लाहरुलाइ प्रदेश नम्वर दुइ मा बिभाजन गरीएको छ । त्यहि प्रदेशको राजमार्ग छेउका गाउहरु नगरपालिका घोषणा हुदै बिकासको गति सगै शहर बन्न थालेका छन ।

महोत्तरीका मुसहरलाइ घर बनाइ दिदै धुर्मुस सुन्तली - 2016-12-22
काठमाण्डौ ७ पुस/ सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

द्रुतमार्ग निर्माणको अध्ययनका लागी कार्यदल - 2016-12-22
काठमाण्डौ ७ पुस / सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको पूर्वाधार अध्ययनका लागी कार्यदल गठन गरेको छ ।

भन्सार छलेर ल्याएको अण्डा बरामद - 2016-12-21
कलमपाटी ६ पुस/ केही दिन अघि बरामद गरेको भारतमा उत्पादन भएको कुखुराको अण्डा बुधवार प्रहरीले नष्ट गरेको छ ।

करेन्ट लागेर सांढे मर्यो - 2016-12-21
रौतहट ६ पुस / रौतहटको धरमपुर गाविसमा खेतबारीमा लगाएको बिधुतिय तारमा करेन्ट लागेर दुईवटा साँढे मरेको छ ।

दाइजो लिएको रकम विवाह कै दिन फिर्ता - 2016-12-21
रौतहट ६ पुस / छोराको विवाह गर्दा लिने केटी पक्ष संग लिने गरीएको दाइजो रकम मुस्लिम समुदायका केटापक्षले रौतहटमा फिर्ता गर्न थालेका छन । कटहरीया गाबिस ३ का २१ बर्षिय सद्दाम मन्सुर र सखुअवा धमौरा गाबिस ५ की १९ बर्षिया हास्मुन खातुनको विवाहमा दाइजो स्वरुप केटीपक्षले दिएको रकम केटापक्षले विवाहको दिन फिर्ता गरेका छन ।

रौतहटमा एकै दिन दुइसय ७८ जना द्धारा रक्तदान - 2016-12-19
कलमपाटी ४ पुस / रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले आयोजन गरेको रक्तदान कार्यक्रममा दुइसय ७८ जनाले रक्तदान गरेका छन ।

सार्वननिक जमिन मिच्ने उधोगले नगरपालिकालाइ टेरेन - 2016-12-19
कलमपाटी ४ पुस /सार्वजनिक जमिनमा निजी ह्युम पाइप उधोग स्थापना भए पछि स्थानियको बिरोध पछि नगरपालिकाले उधोग संचालक लाइ पत्राचार गरेपनि उधोगले अटेर गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781950 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top