समाज

नौ महिनामै २० किलोकी भइन मेलीना



समाज प्रकाशित मिति: सनम राउत

रौतहट ११ जेठ//
नौ महिनाकी वालिकाको तौल २० किलो को भन्दा पत्यार नलाग्न सक्छ तर रौतहटमा एक बालिका नौ महिनामा २० किलोकी भएकी छिन ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका ९ खैराटोल घर भएका मनिष कुमार दुलालको नौ महिनाकी छोरीको तौल २० किलोको रहेको छ ।

२०७४ भदौ ५ गते जन्मिएकी नौ महिनाकी मेलिना दुलालको तौल अस्वाभाविकरुपमा बढ्दै गएपछि  आमाबाबु चिन्तामा पर्न थालेका छन ।  मेलिना दुलालको  पहिलो सन्तान हुन ।

उनी जन्मदा दुइकिलो ६ सय ग्राम तौल की थिइन ।

चार महिना अघि नै कान्तिवाल अस्पतालका चिकित्सकले जेनेटिक परीक्षणका लागी दिल्ली लैजानका लागी सुभाव दिएको तर पैसा नभएकाले लैजान नसकेको आमा सुस्मिता दुलालले कलमपाटी लाइ बताएकी छिन ।

पहिले हेटौडामा उपचार गर्न लगेको र त्यहाबाट कान्तिवाल अस्पताल लैजादा केही रोग पत्ता नलागेपछि दिल्ली लगेर उपचारगर्न डाक्टरले सल्लाह दिएको थियो ।

जेनेटीक परीक्षणगर्ने ल्याव नेपालमा छैन दिल्ली लैजानुस अन्य केही समस्या रहेछ भने पनि उतै पत्ता लाग्छ भन्दै चिकित्सकले मेलीनाको अभिभावक लाइ सुझाव दिएका थिए ।

वालिकाको तौल दिन दिनै बढीरहेको छ । चार महिना अघि जचाउन लैजादा १६ किलोको थिइन अहिले २० किलो भएकी छिन ।

 रोग लागे नलागेको पत्ता लगाउन पाए ढुक्क हुने थियौ  तर दिल्ली लैजान पैसा छैन सहयोगको सवै सग आग्रह गरीरहेको आमा सुस्मिताको भनाइ छ ।

फोटो ः २० किलो तौल भएकी नौ महिनाकी वालिका 


चोरी गरेको आरोपमा ३ जना पक्राउ - 2018-04-30
चन्द्रपुर : प्रहरीले चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपाकिला ४ का १८ बर्षिय अनिश गिरी,१७ बर्षका बुद्ध लामा र १८ बर्षका मनिष खातीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

बुद्ध जयन्तिको अवसरमा चन्द्रपुरमा शान्ति ¥याली - 2018-04-30
चन्द्रपुर १७ बैशाख // २५६२ औँ बुद्ध जयन्तीको अवसरमा प्याव्सन रौतहटमा आवद्ध चन्द्रनिगाहपुरमा रहेका निजी तथा संस्थागत विद्यालयहरुले शान्ति ¥यालीको आयोजना गरेको छ ।

संयुक्त जग्गाधनी पुर्जा बनाउने दम्पती बढ्दै - 2018-04-30
रौतहट १७ बैसाख /// रौतहटमा दुइ वर्षयता संयुक्त जग्गाधनी पुर्जा बनाउने दम्पती बढ्दै गएका छन्। सुकुम्वासी समास्या समाधान, महिला सशक्तिकरण बनाउने उद्देश्यले पति-पत्नीका नाममा धनीपुर्जा बनाउने कार्यक्रम जिल्लामा सञ्चालन छ।

जंगलमा शिकारीको चहलपहल बढ्न थालेपछि निलगाई मानव बस्ती छिर्न थाल्यो - 2018-04-30
रौतहट : कटहहरिया नगरपालिकाको दुधियाभारस्थित सशस्त्र प्रहरीको बेश क्याम्प छेउमा दिनहु जसो निलगाईको एक हुल आएर बस्छ । दिनभरी बसेर रात परेपछि जंगल पस्छ । यो क्रम धेरै दिनदेखि चली आएको छ । जंगलमा शिकारीको चहलपहल बढ्न थालेपछि निलगाई सुरक्षित बासस्थान खोज्दै मानव बस्ती छिर्न थालेको हो ।

चरम गरिबीको नमुना : गाउँ नै दाइजोमा - 2018-04-30
वीरगन्ज : गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो । गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ । त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि प्रश्नको उत्तर दिने प्रचलन छ ।

हावाहुरीले रुख ढालेपछी जितपुरसिमरामा विद्युत सेवा अबरुद्ध - 2018-04-30
सिमरा : हावाहुरीले रुख ढालेपछी डुमरवाना-सिमरा क्षेत्रमा विद्युत सेवा गएराती देखि अबरुद्ध भएको छ ।

धर्मको पहिलो वैज्ञानिक गौतम बुद्ध, २५६२ औं बुद्धजयन्ती आज - 2018-04-30
काठमाडौं : आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।

रौतहटमा दर्ता बिनाका निजी बिधालयले अभिभावक ठग्दै - 2018-04-29
रौतहट १६ बैसाख// दर्ता नै नगरेका निजी बिधालयहरुले अभिभावकहरुलाइ रौतहटमा ठग्दै आएका छन । भर्ना अभियान चलिरहेको समयमा दर्ता नगरी खुलेका निजी बिधालयहरुले अभिभावक संग शुल्क लिएर बिधार्थी भर्ना शुरु गरेका छन ।

एउटा धाराले थेग्दै ५० धुरी - 2018-04-29
रौतहट १६ बैसाख // रौतहटको कटहरिया नगरपालिकास्थित मुसहर बस्तीमा धारा बिग्रिएपछि खानेपानी अभाव भएको छ। तीनवटा धारामध्ये दुईवटा बिग्रिएर पानी आउन छाडेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1088885 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top