समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
भु माफियाले दर्ता गराएको बनको जमिनको दर्ता खारेज - 2017-02-05
रौतहट २३ माघ / बनक्षेत्रमा रहेको जमिन आफ्नो नाममा गराए पछि विवादमा आएको जमिनको जिल्ला बन कार्यालयले दर्ता खारेज गरेको छ ।

कान्छिआमाले हेला गरेपछि घरबाट भागेका वालकहरु रौतहटमा - 2017-02-05
रौतहट २३ माघ/ वास्तविक ठेगाना बताउन नसक्ने दुइजना वालकहरु लाइ रौतहटमा स्थानियले भेटेर प्रहरीको जिम्मा लगाएका छन । दूइ दिन ट्रकमा चढेर रौतहटको पौराइ आइपुगेका दुइजना दाजुभाइलाइ गाउलेले भेटेका थिए ।

३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ - 2017-02-05
दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

फास्ट ट्रयाक निर्माणको दवावका लागि रिलेअनसन - 2017-02-05
बारा २३ माघ/ निजगढ काठमाण्डौ जाड्ने फास्ट ट्रयाक र दोस्रो अन्तराष्ट्र्रिय विमान स्थल निर्माण गर्नका लागी दवाव दिने उदेश्यले शनीबार देखि रिलेअनसन शुरु भएको छ ।

बिधालयमा भय रहित सिकाइका लागी अन्र्तकृया - 2017-02-04
कलमपाटी २२ माघ / मानव अधिकार तथा शान्ति समाज जिल्ला रौतहट शाखाले विधालयहरुमा दण्डरहित शिक्षा प्रदान गर्नका आवहान गरेको छ ।

प्रेस चौतारीको १९ औ स्थापना दिवश मनाइयो - 2017-02-04
रौतहट २२ माघ/ प्रेस चौतारी नेपालको १९ औ स्थापना दिवश रौतहटको गरुडामा मनाइएको छ ।

जन्मने बित्तिकै शिशु चोरी ! - 2017-02-04
पर्सा २२ माघ/ वीरगज स्थित नारायणी क्षेत्रीय अस्पताल परिसरबाटै नवजात एक शिशु हराएको छ ।

झांझनदीमा तटवन्ध नहुदा बस्ति जोखिममा - 2017-02-02
कलमपाटी २० माघ/ मिठुअवा गाबिसमा रहेको झांझनदीले कटान गरेको स्थानमा सरकारी भवन , बस्ति जोखिममा परेका छन ।

प्रहरी चौकी पौराइको शिलान्यास - 2017-02-01
कलमपाटी १९ माघ/ रौतहटको चन्द्रपुर ९ मा निमार्ण हुन लागेको प्रहरी चौकीको बुधवार शिलान्यास गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781914 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top