समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते - 2018-01-26
लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

सामान्य विवादमा इँटा प्रहार गरी बाबुको हत्या - 2018-01-26
काठमाडौं : रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा ईट्टा प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्की घरमा बस्ने दिन गन्दै १०७ वर्षकी रामकली - 2018-01-26
रौतहट : रौतहटको सन्तपुर दलित बस्तीकी रामकली देवी हजराले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन पक्की घरमा बस्न पाउनेछु । १०७ वर्षीया उनको जीवन अभाव र दुःखमै बित्यो ।

चार अवैध कलेजले ठगे विद्यार्थी - 2018-01-26
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट मान्यता प्राप्त कलेज भन्दै भ्रामक प्रचार गरी ‘अवैध’ रूपमा सञ्चालित रुकुमका विभिन्न कलेजले लाखौँ ठगी गरेको खुलेको छ।

पानी भरेर राखेको बाल्टिनमा डुबेर बालिकाको मृत्यु - 2018-01-26
कपिलवस्तु: एक बालिकाको बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए।

सदरमुकाम सार्ने निर्णय बिरुद्ध रुकुम पूर्व ठप्प, प्रधानमन्त्रीको पुत्ला दहन - 2018-01-26
रुकुम(पूर्व): सदरमुकाम सार्ने निर्णयका बिरुद्ध रुकुम९पूर्व०मा आज आन्दोलन सुरु भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले सिस्ने गाउँपालिका ५ र ६ मा रहेको रुकुम(पूर्व)को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२ को गोलखाडामा सार्ने निर्णय गरेपछि सदरमुकाम रुकुमकोट र त्यस आसपासका स्थानीय आन्दोलित बनेका हुन् ।

ट्रिपरको ठक्करबाट पेप्सीकोलामा एकको मृत्यु - 2018-01-26
काठमाडौं : काठमाडौंको पेप्सिकोलास्थित छाप्रोमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान बा ३ ख ३४१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाईते भएका अन्दाजी ६५ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए ।

बालिका बलात्कारको आरोपमा युवक पक्राउ - 2018-01-26
लहान : सिरहाको गोलबजार नगरपालिका ९ डण्डाटोलमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हृदयाघातका कारण वडासदस्यको निधन - 2018-01-26
कपिलवस्तु : हृदयाघातका कारण यहाँ नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781957 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top