समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
गोलीसहित दुईजना पक्राउ - 2017-07-19
पर्सा, ४ साउन/ पर्सा-भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

बिधुतका कम्प्युटर अपरेटर २५ हजार घुस सहित पक्राउ - 2017-07-19
नेपाल विद्युत प्राधिकरण, बरहथवा सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर धर्मेन्द्र यादवलाइ अख्तियारले पक्राउ गरेको छ ।

चट्याङ लागेर मोरङमा आमाछोरीको मृत्यु - 2017-07-19
४ साउन, विराटनगर/ मोरङको लेटाङमा बुधबार विहान चट्याङ् लागेर २ जनाको मृत्यु भएको छ ।

बाइरोडको बाटो मा बस दुर्घटना दुइ को मृत्यू - 2017-07-18
मकवानपुर को त्रिभुवन राजपथको थाहा नगरपालिका १ खानीगाउमा मंगलवार वस दुर्घटनामा एक २ यात्रुको मृत्यु भएको छ भने ३९ घाइते भएका छन् ।

सरकारी सेवामा आरक्षण माग्दै डोम समुदायको भेला - 2017-07-18
सरकारी सेवामा आरक्षणको माग गर्दै दलित समुदायमा सबैभन्दा पछाडि परेका डोम समुदायले राजविराजमा सोमबार जिल्ला भेला गरेको छ।

मधेसका किशोरी भन्छन् : दाइजो माग्‍ने केटासँग बिहे गर्दैनौँ - 2017-07-18
साउन ३ विरगन्ज / ‘दाइजोकै कारण गाउँघरमा हामी जस्ता धेरै दिदी बहिनीले ज्यान गुमाएका छन्’, कक्षा ९ मा अध्ययनरत अञ्जनी कुमारी कुशवाहाले भन्नुभयो, ‘दाइजो कुप्रथा मात्र होइन, सामाजिक अपराध पनि हो, त्यसैले म दाइजो माग्ने केटासंग बिहे नै गर्दिन।’

सर्पले डसेका पाँच बिरामी अस्पतालमा - 2017-07-18
महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा आज बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन्

नदी तर्न डुगा नहुदा स्थानिय जोखिममा - 2017-07-18
रौतहट ३ साउन / बागमती नदी वारपार गर्नका लागी डुगा नहुदा रौतहटको माधवनारायण गाउपालिकाका बासिन्दा जोखिममा पर्दै आएका छन

मधेसमा आइएनजिओले १ वर्षमा २३ अर्ब खर्चिए - 2017-07-18
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मधेसका २२ जिल्लामा गएको १ वर्षको अवधिमा २३ अर्बभन्दा बढी रकम खर्च भएको खुलासा भएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781897 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top