समाज

नौ महिनामै २० किलोकी भइन मेलीना



समाज प्रकाशित मिति: सनम राउत

रौतहट ११ जेठ//
नौ महिनाकी वालिकाको तौल २० किलो को भन्दा पत्यार नलाग्न सक्छ तर रौतहटमा एक बालिका नौ महिनामा २० किलोकी भएकी छिन ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका ९ खैराटोल घर भएका मनिष कुमार दुलालको नौ महिनाकी छोरीको तौल २० किलोको रहेको छ ।

२०७४ भदौ ५ गते जन्मिएकी नौ महिनाकी मेलिना दुलालको तौल अस्वाभाविकरुपमा बढ्दै गएपछि  आमाबाबु चिन्तामा पर्न थालेका छन ।  मेलिना दुलालको  पहिलो सन्तान हुन ।

उनी जन्मदा दुइकिलो ६ सय ग्राम तौल की थिइन ।

चार महिना अघि नै कान्तिवाल अस्पतालका चिकित्सकले जेनेटिक परीक्षणका लागी दिल्ली लैजानका लागी सुभाव दिएको तर पैसा नभएकाले लैजान नसकेको आमा सुस्मिता दुलालले कलमपाटी लाइ बताएकी छिन ।

पहिले हेटौडामा उपचार गर्न लगेको र त्यहाबाट कान्तिवाल अस्पताल लैजादा केही रोग पत्ता नलागेपछि दिल्ली लगेर उपचारगर्न डाक्टरले सल्लाह दिएको थियो ।

जेनेटीक परीक्षणगर्ने ल्याव नेपालमा छैन दिल्ली लैजानुस अन्य केही समस्या रहेछ भने पनि उतै पत्ता लाग्छ भन्दै चिकित्सकले मेलीनाको अभिभावक लाइ सुझाव दिएका थिए ।

वालिकाको तौल दिन दिनै बढीरहेको छ । चार महिना अघि जचाउन लैजादा १६ किलोको थिइन अहिले २० किलो भएकी छिन ।

 रोग लागे नलागेको पत्ता लगाउन पाए ढुक्क हुने थियौ  तर दिल्ली लैजान पैसा छैन सहयोगको सवै सग आग्रह गरीरहेको आमा सुस्मिताको भनाइ छ ।

फोटो ः २० किलो तौल भएकी नौ महिनाकी वालिका 


विराटनगरमा फेरी सुरु भयो गुण्डागर्दी : व्यवसायीमाथि साङ्घातिक आक्रमण - 2018-01-20
विराटनगरका व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि शुक्रबार राति साङ्घातिक आक्रमण भएको छ। पेट्रोलियम एवं सब्जी व्यवसायी भगतमाथि पेशेवार रुपमा गुण्डागर्दीमा संलग्न समूहले आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

मिचिएको सीमाबारे बुझ्न नापीको टोली वीरगञ्जमा - 2018-01-20
सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतमा परेको सार्वजनिक भएलगत्तै नापी विभागको एक टोली वीरगञ्ज आइपुगेको छ ।

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे - 2018-01-19
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग ! - 2018-01-19
बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ ।

१३ वर्षे सालीलाई बलात्कार गरेको आरोपमा भेना पक्राउ - 2018-01-19
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जमा भारतले सीमा मिचेको भन्दै काठमाडौंमा बिरोध - 2018-01-19
वीरगञ्जस्थित नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै काठमाडौं प्रदर्शन भएको छ ।

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ - 2018-01-19
झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

'भारतको दादागिरीविरुद्ध भूमि रक्षामा उत्रिन्छौँ' - 2018-01-19
सत्तारुढ दल नेपाली कांग्रेसनिकट युवा संगठन तरुणढ दलले भारतीय पक्षबाट भइरहेको सिमाना अतिक्रमण तत्काल बन्द गर्न माग गरेको छ ।

चिसो पिडित बस्तिका बालबालिकालाई न्यानो कपडा सहयोग - 2018-01-19
रौतहट ५ माघ // चिसोका कारण मुसहर, धांगर, डोम जातीका बालबालिकाहरु बिचल्लीमा परेको छन । यस्तै समुदायको बसोवास रहेको एक टोलमा रौतहटका संचारकर्मी प्रविण टिबडेवालको पहलमा न्यानो कपडा बितरण गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1088902 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top