समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोमा परी ३० जनाको निधन - 2017-08-12
झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे - 2017-08-12
देवाहीगोनाही गाउँपालिका-२ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

घर घरमा पानी पस्यो - 2017-08-12
अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ ।

निजगढमा बाढिका कारण महेन्द्र राजमार्ग अवरुद्ध - 2017-08-12
लगातारको वर्षापछि आएको वाढिका कारण आज विहानैबाट महेन्द्र राजमार्गको निजगढ क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

मोटरसाइकल चोरीमा संलग्न पक्राउ - 2017-08-11
रौतहटमा मोटरसाइकल चोरीमा सकृय रहेको एकसमुहलाइ प्रहरीले पक्राउ गरेको छ ।

बर्षाका कारण घर भत्कियो - 2017-08-11
केही दिन देखी लगातार परेको अबिरल बर्षातको कारण रौतहटको दुईवटा घर भत्किएका छन

ट्रक दुर्घटनामा दुईको मृत्यु - 2017-08-11
सिद्धार्थ राजमार्गको राम्दी–गल्याङ् खण्डमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु - 2017-08-11
सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ ।

शिक्षा कार्यालय रौतहटका सव इन्जिनियर पक्राउ - 2017-08-11
जिल्ला शिक्षा कार्यालय रौतहटका सब इन्जिनियर ललनकुमार सिंह लाइ अख्तियारको टोलीले पक्राउ गरेको छ । सिंह घुससहित गौर स्थित एक चिया पसल बाट पक्राउ परेको बताइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783124 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top