समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
रौतहटमा बाढीले बगाएर १० जनाको मृत्यू - 2017-08-13
रौतहटमा बाढीले बगाउदा आइतवार दिउसो सम्ममा १० जनाको ज्यान गएको छ । राजपुर फरहदवा गाउँपालिका–३ स्थित दमारचौक नजिकका बाढीले बमनहरको बांधकटान गरेको बाढीमा जीप बगाउदा ६ जनाको ज्यान भएको हो ।

मकवानपुरको बकैया गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका सातजनाको मृत्यु - 2017-08-13
मकवानपुरको बकैया गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका सातजनाको मृत्यु भएको छ । पूर्वि मकवानपुरको विकट क्षेत्रमा पहिरोमा पुरिएर सातजनाको ज्यान गएको खबर पाएपछि प्रहरी घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विकास खनालले जानकारी दिए ।

झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता - 2017-08-13


रौतहटमा सुत्केरी गराउन जादै गरेका एकै परीवारका ६ जनाको मृत्यू - 2017-08-13
रौतहटको राजपुरमा बाढीले जीप बगाउदा सुत्केरी गराउन स्वास्थ्य सस्थामा जादैगरेका ६ जनाको मृत्यू भएको छ । राजपुर गापालिका ३ स्थित बमनहरले बाध भत्काउदा सोही भत्किएको बाढीमा उनीहरु चढेको जीप परेको र बगाएको थियो ।

रौतहटमा ७ हजार भन्दा बढी घर डुवानमा - 2017-08-12
लगातारको बर्षाका कारण रौतहटको अधिकास भु भाग डुवानमा परेको छ भने सात हजार भन्दा बढी घरहरु डुवानमा परेका छन ।

पुर्वपस्चिम राजमार्गको लच्कामा बाढी - 2017-08-12
पुर्वपस्चिम राजमार्गको लच्कामा बाढी आउदा शनिवार सवारीसाधन आवागमन बन्द भएको छ । शुक्रवार राति देखि नै पुर्वपस्चिम राजमार्ग अन्र्तगत रौतहटको पौराई जंगलमा रहेको लच्कामा बाढी आउदा यातायात बन्द भएको हो ।

बाढी र पहिरोमा परी ३० जनाको निधन - 2017-08-12
झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ३० जनाको निधन भएको छ । ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

रौतहटको देवाहीगोनाही गाउँपालिकामा १५० सर्वसाधारण बाढीमा फसे - 2017-08-12
देवाहीगोनाही गाउँपालिका-२ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा एक सय ५० सर्वसाधारण फसेका छन्।

घर घरमा पानी पस्यो - 2017-08-12
अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781915 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top