समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
सिमानामा बांध मर्मत गरेपछि नेपालका डुवान पिडित चिन्तामा - 2017-08-29
सिमाना नजिकै रौतहटको गौरमा बाढीले भत्किाएको बांध भारतले मर्मत गरेपछि नेपालका डुवान पिडित चिन्तामा परेका छन ।

आमाको रिसले हसबुनले गरिन् दुई बर्षीय छोराको हत्या - 2017-08-29
आफूमाथि चोरीको आरोप लागेपछि एक यूवतीले त्यसको रिसइवी साँध्न दुई बर्षीय नाबालकको हत्या गरेकी छन् ।

घर भत्किएकाहरुलाई नेपाल बन पैदवार उधोग महासंघको सहयोग - 2017-08-27
नेपाल बन पैदवार उधोग महासंघले रौतहटमा गौर १० स्थित बाढीले घरबार बिहिन २५ परीवार लाइ राहत वितरण गरेको छ ।

अत्यन्त पिडित मुसहर बस्तिमा राहत वितरण - 2017-08-27
नेपाल शेयर काठमाण्डौले संकलन गरेको राहत सामाग्री रौतहटको अती पिडित मुसहर बस्तिमा बितरण गरीएको छ । जिल्लाको पिप्रा पोखरीया साबिकको गाबिसको डुमरीया को ५८ वटा झुपडीमा बस्दै आएका मुसहरहरु लाइ राहत बितरण गरीएको हो ।

राहत नपाएको भन्दै गौरमा प्रर्दशन - 2017-08-27
रौतहटका बाढी पिडितहरुले राहत नपाएको भन्दै सदरमुकाम गौरमा आइतवार दिनभर प्रर्दशन गरेका छन । सो गाउपालिकाको भलौहियाका सयौ बाढी पिडितहरुले गौर स्थित जिल्ला प्रशासन कार्यालय तथा रेडक्रस सोसाइटी गौर शाखा अगाडी प्रर्दशन गरेका हुन ।

नेबिसघका केन्द्रिय सदस्यहरु राहत बितरणमा व्यस्त - 2017-08-27
नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्न मै व्यस्त छन ।

सिस्नुपानी नेपाल लगाएत सस्था द्धारा राहत वितरण - 2017-08-25
चर्चित हांस्य कलाकार मनोज गजुरेलको टोलीले रौतहटको बिभिन्न स्थानहरुमा बाढी पिडितहरु लाइ राहत वितरण गरेको छ ।

नेपाल वन पैदावर उद्योग महासंघ द्धारा राहत वितरण - 2017-08-24
नेपाल वन पैदावर उद्योग महासंघले रौतहटका बाढीपिडितका लागि बिहिवार राहत सामाग्री वितरण गरेको छ ।

धुर्मुसले बांडे रौतहटमा राहत - 2017-08-23
धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटको गौरमा बुधवार बाढी तथा डुवान पिडित दलित परीवारहरु लाइ कपडा तथा खाध्यान्न् बितरण गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781953 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top