दुइ गाबिस सचिव बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

समाज

फेसबुक-ट्वीटरमा गरिने विज्ञापनमा कर लगाउन निर्देशन



समाज प्रकाशित मिति:

काठमाडौं :
सरकारले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेको छ ।

फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले नै कर लगाउन सरकारलाई निर्देशन दिएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सामाजिक सञ्जालमार्फत् विज्ञापन गरिँदा करोडौँको कारोबार भइरहेको जनाउँदै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिको बैठकले निर्णय गरेर सरकारलाई निर्देशन दिएपछि अब सामाजिक सञ्जालमा हुने विज्ञापन पनि करको दायरामा आउने छन् ।

‘फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो रकम बाहिरिने गरेको तथ्यलाई मनन गर्दै यसलाई करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।

सरकारले यसअघि नै सामाजिक सञ्जालमा हुने विज्ञापनललाई करको दायरामा ल्याउने तयारी गरेको थियो । संसदीय समितिले पनि लिखित निर्देशन दिएपछि अब निकट भविष्यमै यस्ता विज्ञापन करको दायरामा आउनेछन् ।

समितिका सदस्य तथा सांसदहरुले समितिको बैठकमा उपस्थित सञ्चारमन्त्री गोकुलप्रसाद बाँसकोटासँग सञ्चारमन्त्रालयका गतिविधिहरुबारे प्रश्न गरेका थिए । सांसहरुले नेपाल टेलिकमको रणनितिक साझेदार, फोरजी सेवामा भएको हिनामिनासहितका विषयमा मन्त्रीसँग प्रश्न गरेका थिए । सांसदहरुले मन्त्री बाँसकोटासँग सञ्चारक्षेत्रलाई नियमन गर्नेबारे पनि प्रश्न गरेका थिए ।

त्यसक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रको नियमनका लागि साइबर कानुन निर्माणको क्रममा रहेको बताएका थिए । उनले संघीय संरचना अनुसार सरकारी प्रसारक संस्थान नेपाल टेलिभिजन सातै प्रदेशमा विस्तारका लागि काम भइरहेको बताए । उनलले नेपाल टेलिकमका टावर देशभर विस्तारको काम पनि अघि बढिरहेको बताए ।

बाँस्कोटाले मन्त्रालयका गतिविधि, भावी योजना र रणनीतिबारे समितिलाई जानकारी गराएका थिए । उनले निकट भविष्यमै नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउने तयारीमा पनि सरकारले काम थालेको बताएका थिए । साभार अन्नपुर्ण
रौतहटमा दर्ता बिनाका निजी बिधालयले अभिभावक ठग्दै - 2018-04-29
रौतहट १६ बैसाख// दर्ता नै नगरेका निजी बिधालयहरुले अभिभावकहरुलाइ रौतहटमा ठग्दै आएका छन । भर्ना अभियान चलिरहेको समयमा दर्ता नगरी खुलेका निजी बिधालयहरुले अभिभावक संग शुल्क लिएर बिधार्थी भर्ना शुरु गरेका छन ।

एउटा धाराले थेग्दै ५० धुरी - 2018-04-29
रौतहट १६ बैसाख // रौतहटको कटहरिया नगरपालिकास्थित मुसहर बस्तीमा धारा बिग्रिएपछि खानेपानी अभाव भएको छ। तीनवटा धारामध्ये दुईवटा बिग्रिएर पानी आउन छाडेको हो।

लागू औषधसहित ६ जना पक्राउ - 2018-04-29
वीरगञ्ज : पर्सा प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–६ सितापाइलाका २९ वर्षीय रोबिन्स कुँवर, बारा कलैया उप– महानगरपालिका–७ बस्ने १८ वर्षीय रुपेश रानामगर, चितवन भरतपुरका सुमन शाही ठकुरीलाई पक्राउ गरेको हो ।

पत्नी हत्याकाे आशंकामा श्रीमान् पक्राउ - 2018-04-29
महोत्तरी : जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्नी हत्याको आशंकामा शिवशंकर दासलाई पक्राउ गरेको छ ।

धुुर्मुस र सुन्तलीद्धारा मुसहर वालवालिकालाइ शैक्षिक सामाग्री बितरण - 2018-04-28
रौतहट १५ बैसाख// सामाजीक अभियान्ता तथा हास्य कलाकार सिताराम कट्टेल तथा कुन्जना घिमिरे मुसहर वालवालिकाहरु लाइ शैक्षिक सामाग्री बितरण गरेका छन ।

झड्केलो छोराहरुको हत्या गर्ने दिलीप सिराहबाट पक्राउ - 2018-04-28
काठमाडौं : वागमती किनारको सुकुम्बासी बस्तीमा दुई बालकको हत्या गरी भागेका दिलीप यादव पक्राउ परेका छन् । आफू लिभिङ टुगेदर बस्दै आएकी महिलाका दुई छोराहरु ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरेर उनी फरार थिए ।

लागु औषध सहित एक यूवक पक्राउ - 2018-04-28
रौतहट : रौतहट गौर नगरपालिकाबाट नाईट्रोभेट टयाबलेट सहित एक यूवक पक्राउ परेका छन् । भरतको बैरगनियाबाट गौर नगरपालिका हुदै नेपाल भित्राउदै गरेको एक यूवकको साथबाट तीन सय पच्चास थान नाईट्रोभेट टयाबलेट प्रहरीले बरामद गरेका छन् ।

बाल विवाह रोक्न पुगेको प्रहरीलाई आफ्नै जवानले अवरोध गरेपछि… - 2018-04-28
वीरगञ्ज : प्रहरीलाई प्रहरीको अवरोध १ सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर पर्सामा बाल विवाह रोक्न पुगेको प्रहरी टोलीलाई प्रहरी जवानले नै रोक्ने प्रयास गरेका छन् ।

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ - 2018-04-26
रौतहट १३ बैसाख रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1366254 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top