समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
धुर्मुस सुन्तली फाउन्डेशन द्धारा अनाथलयका वालवालिका लाइ कम्वल बितरण - 2018-01-07
रौतहट २३ पुस// धुर्मुस सुन्तिली फाउन्डेशनले गरुडामा रहेको अनाथलयाका बालबालिकाहरु लाइ कम्वल बितरण गरेको छ ।

मध्य तराईमा तीन वर्ष यताकै चिसो, तापक्रम ५ डिग्रीमा झर्‍यो - 2018-01-07
मध्य तराईमा चिसो अत्याधिक बढेको छ । पर्सा, बारा,रौतहटको जनजीवन चिसो कारण प्रभावित बनेको छ ।

सांसद यादवले वितरण गरे कम्बल - 2018-01-07
महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा।सुरेन्द्र यादवले शीतलहरबाट प्रभावितलाई कम्बल वितरण गरेका छन्।

सिरहामा चिसोले ६ वर्षीय बालकसहित तीनको मृत्यु - 2018-01-07
चिसोले सिरहामा ६ वर्षीय बालकसहित तीनजनाको ज्यान लिएको छ। गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभ साह शनिबार राति अचानक स्वास फेर्न गाहे भएपछि हात खुट्टा छट्फटाउन थाले।

आगलागीबाट घर जलेर नष्ट - 2018-01-07
सिन्धुलीको मरिण गाउँपालिका ३ बरुणमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। बरुण सिरका साइला बलको घरमा आगलागी हुँदा घर जलेर नस्ट भएको हो।

ग्रेडिङ प्रणाली टुंगो नलाग्दा ११ को रिजल्ट निस्केन - 2018-01-07
कक्षा ११ को परीक्षा सकिएको ७ महिना बित्न लाग्दा पनि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणालीको टुंगो लगाउन नसक्दा कक्षा ११ को परीक्षाफल प्रकाशन हुन सकेको छैन।

पूर्वसभासद डा. पोखरेलको निधन - 2018-01-07
पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन भएको छ । प्याब्सनका पूर्व अध्यक्ष एवं भीएस निकेतनका प्रिन्सिपल समेत रहेका पोखरेलको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पौडेल हत्याको विरोधमा रुपन्देही बन्द - 2018-01-06
रुपन्देहीको देबदहका व्यापारी वसन्त पौडेलको हत्याको विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ ।

गगन थापालाई बम हान्ने धरौटीमा रिहा - 2018-01-06
निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781867 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top