भारतिय हतियारधारी प्रहरी कार्वाहीमा मारीए

समाज

बाख्रा पालनले फेरियो जीवन



समाज प्रकाशित मिति:

रौतहट //
गुजरा नगरपालिका २ ब्रम्हटोलकी ६० वर्षीया सम्झन डोल्मा शुक्रबार निकै खुसी देखिइन् । गाउँमा बाख्रा पालेर जीवनशैली फेरिएकी डोल्मा सबैभन्दा खुसीको दिन यही थियो ।

उनको मेहनतको कदर गर्दै हेफर इन्टरनेसनलले एक कार्यक्रम बीच उनलाई ठूलै धनराशिको पुरस्कार दिएको थियो ।गुजरा नगरपालिकास्थित जनप्रिय माविमा शुक्रबार हेफर इन्टरनेसनलले आयोजना गरेको स्वर्णीम पुरस्कार प्रदान कार्यक्रममा उनलाई ७० हजार धनराशिको पुरस्कार दिइएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातबाट समूहकै उत्कृष्ट पुरस्कार पाएकी डोल्माले जीवनको सबैभन्दा ठूलो खुसी र सम्झनलायक क्षण भएको बताइन् । ‘मेहनेत गरे जे पनि सफल हुँदोरहेछ भन्ने म उदाहरण बनेकी छु,’ उनले भनिन्, ‘बाख्रा पालेकै भरमा आज करौडौंको सम्पत्ति जोड्न सफल भएकी छु ।’ 


उनी पुरस्कृत हुने खबर पाएपछि गाउँका अधिकांश मानिस हेर्न कार्यक्रमस्थल पुगेका थिए । बाख्रा पालनबाट करोडपति भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले उनको निकै प्रशंसा गरेका थिए ।४० वर्षअघि साविक रंगपुर गाविस ८ ब्रह्मटोलका प्रेम दोर्जेसित उनको परम्परागत विवाह भयो । त्यसपछिका दिन त्यति सुखद हुन सकेन । गरिबी र अभावका कारण दैनिक जीवन कष्टकर बिताउनु परेको थियो ।

आम्दानीको मुख्य स्रोत जंगलबाट दाउरा ल्याएर बेच्ने र जीवन गुजारा गर्ने मात्र थियो । सम्झनको परिवारमा छोराछोरी नातिसहित ९ जना थिए । कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभावका कारण बालबालिकालाई पठनपाठनमा समेत ध्यान दिन सकेका थिएन । जसको फलस्वरूप अरूको घरमा काम गर्न लगाउने र बालबालिकालाई पनि आम्दानीको स्रोतका रूपमा हेर्ने गर्थे ।

गाउँमा हेफरले महिलाको समूह बनाएर आयआर्जनको कार्यक्रम सञ्चालन गर्ने कुरा उनले थाहा पाए पनि त्यति वास्ता गरिनन् । २/४ पटक कुरा आएपछि सम्झनले घरमा सल्लाह गरिन् । कसैले उनलाई समूहमा बस्ने सल्लाह दिएनन् । ‘यसै पनि दु:ख पाएकै छु, समूहमा बस्दा के परिवर्तन हुँदा रहेछ हेरौं भनेर बस्ने निधो गरें,’ उनले भनिन्, ‘हिमाल परिवार समूह गठन गरी आफैं अध्यक्ष बनेपछि जिम्मेवारी सम्हाल्न थालें । रातदिन मिहिनेत गर्न थालें ।’ 

समूहमा आबद्ध भइसकेपछि हेफरको आधारशिला तालिम लिइन् । आफूले सिकेका कुरा परिवारलाई बताइन् । बिस्तारै परिवारका सदस्यले उनलाई साथ दिन थाले । पशुको उचित व्यवस्थापन तालिम लिइन् । पशुलाई पनि मानवजस्तै व्यवहार गर्नुपर्छ भन्ने कुरा सम्झनले राम्ररी बुझिन् । घरमा भएका र हेफरबाट उपचारस्वरूप पाएका ४ वटा बाख्राबाट व्यवस्थित बाख्रापालन सुरु गरिन् ।

पहिला पाएको दु:ख सम्झेर खुब मेहनत गर्न थालिन् । फलस्वरूप उनीसित ५२ वटा बाख्राका बथान भए । माउ र पाठापाठी राख्ने र खेल्ने ठाउँ व्यवस्थित रूपले निर्माण गरिन् । गाउँघरमा उनको मेहनतको खुबै चर्चा चल्न थाल्यो । केही महिनाअघि उनले ११ वटा खुसीको आम्दानीबाट ७५ हजारमा एउटा भैंसी खरिद गरेकी छन् । उनको गोठमा एउटा गाई पनि छ । अहिले दैनिक ११ लिटर दूध बिक्री गरेकी छन् । त्यस्तै उनले कुखुरपालन पनि सुरु गरेकी छन् । परिवारका सबै सदस्य एकजुट भएर समयको महत्त्व बुझी विभिन्न आम्दानीको पेसामा संलग्न छन् । 

उनी छोराछोरीलाई राम्रो शिक्षा दिन सफल भएकी छन् । ३ वर्षअघिसम्म ५ कठ्ठा जमिनले वर्षभरिको खर्च धान्न नसक्दा साहुमहाजनसित २ लाख ऋण लिन बाध्य भएको थियो । आज उनले आफ्नै आम्दानीले ९ कठ्ठा जमिन किनेका छन् । चन्द्रपुर नगरपालिकामा उनले १ कठ्ठा १५ धुर घडेरी जोड्न सफल भएकि छन् । वार्षिक रूपमा ३ लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएको उनले सुनाइन् । 
पहिलाको अवस्था देखेका छिमेकीहरू उनको प्रगति देखेर छक्क पर्छन् । परियोजनाबाट आधारशिला तथा विभिन्न किसिमका ताली पाएपछि उनी र श्रीमानले समूहको बैठक, तालिम र सामूहिक कार्यक्रमहरूमा भाग लिन थालेका छन् । समूहलगायत छिमेकीलाई समस्या पर्दा उनले आर्थिक सहयोग पनि गर्न थालेकी छन् । उनले नातिनातिनालाई चन्द्रपुरमा राखेर बर्डिङमा पढारहेका छन् ।

साभार: इकान्तिपुर डटकम 

बिरगञ्जमा एक युवकको रहस्यमय मृत्यु - 2017-11-09
वीरगञ्ज लिंक रोडस्थित अमन होटेलमा बुधबार बेलुका एक युवाको शंकास्पद अवस्थामा ज्यान गएको छ ।

सिराहामा चोरी पैठारीको कपडासहित तीनजना पक्राउ - 2017-11-07
सिराहा भन्सार कार्यालयले कपडा चोरी पैठारीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । भन्सार कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निजहरुलाई सिराहा जिल्ला कल्याणपुर नगरपालिका अन्तर्गत कमला नदीको चत्री घाटबाट पक्राउ गरेको हो ।

किशोरी बलात्कारको आरोपमा २ युवक पक्राउ - 2017-11-05
किशोरी बलात्कार गरेको आरोपमा रौतहट प्रहरीले दुुई युुवकलाई पक्राउ गरेको छ ।

लमजुङ प्रहरीद्धारा १७ किलो सुनसहित एक युवक पक्राउ - 2017-11-02
लमजुङ प्रहरीले अनुमानित १७ किलो सुन सहित एक युवकलाई पक्राउ गरेको छ । हिमाली जिल्ला मनाङबाट सुनलाई झोलामा लिएर मोटरसाइकलमार्फत झर्दै गरेका एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएका प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई बिहान पौने ११ बजेतिर सुनसहित पक्राउ गरेको हो ।

ट्रयाक्टर पल्टिँदा एक जानाको मृत्यु - 2017-11-01
सर्लाहीमा मलामी चढेको ट्रयाक्टर पल्टिँदा एकजनाको ज्यान मृत्यु भएको छ । भने दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

नेताको घाँटी रेटेर हत्या ! - 2017-10-10
सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।

माधव घिमिरे दुर्घटनाको एक वर्ष : अझै खुलेनन् यी रहस्य - 2017-09-25
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल नम्बर ९८५१०८८३८८ बाट २०७३ असोज ९ गते राति ९.५५ मा उनको एक आफन्तकोमा फोन गयो। करिब २६ सेकेन्ड ती आफन्तले ‘हेल्लो–हेल्लो’ भनिरहे तर दोहोरो संवाद हुन सकेन।

मतगणना स्थल नजिकै सिलिण्डर बम भेटियो - 2017-09-24
बाराको बारागढी गाउँपालिकाको मतगणना भइरहेको स्थल नजिकै आइतबार दुई वटा सिलिण्डर बम भेटिएको छ। बम नेपाली सेनाले निक्रिय पारेको छ।

रौतहटमा मतगणना स्थलमा एमाले काग्रेस कार्यकर्ता बिच झडप - 2017-09-19
बृन्दाबन नगरपालिकाको मतगणना स्थल बाहीर मंगलवार साझ झडप भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 NEXT

English News



1164678 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top