logo
10 Dec 2018   |   
समाज

सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एक डाँकाको मृत्यु



समाज   11 पटक पढिएको   कलमपाटी     
सुनसरी २४ मंसिर । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ ।

सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एक डाँकाको मृत्यु


जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

डाँकाको समूहलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि नै डाँकाको समूहले गोली चलाएको थियो । आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा १ डाँकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए ।

मृतकको शव अहिले परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान राखिएको छ ।

अन्य व्यक्ति भने भारततर्फ नै भागेका छन् । खोजतलासबाट प्रहरीले गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । साभार अनलाईन खबर










2087568 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top