logo
09 Dec 2018   |   
समाज

वडा अध्यक्षको निर्देशनमा खेत बाटै धान लुटे : किसान



समाज   24 पटक पढिएको   कलमपाटी     
रौतहट २३ मंसिर बर्षौ अघि व्यक्तिको नाममा दर्ता रहेको जमिनको धान वडाअध्यक्षको निर्देशनमा काट्न लगाएर लगेको भन्दै उजुरी परेको छ । धान काटेको जमिन गढीमाइ नपा १ का योगेन्द्र यादबको श्रीमती सुरतीया देबीको बृन्दाबन नपा ४ मा रहेको कित्ता नम्बर ७८० र ८४९ को १४ कठ्ठा जमिनको मंसिर ५ गते धान काटीएको हो ।

 वडा अध्यक्षको निर्देशनमा खेत बाटै धान लुटे : किसान


धान बृन्दाबन नपा ४ का वडा अध्यक्ष श्यामानन्दन यादव आफै उपस्थित भएर काट्न लगाएको किसान योगेन्द्र यादवको आरोप छ ।

वडा अध्यक्ष यादवले भने राम जानकी मन्दीरको नाममा रहेको जमिन आफ्नो नाममा दर्ता गराएकोले केही गाउले लाइ चित्त नबुझेकाले धान काटेको बताएका छन । काटीएको धान मन्दीरको नाममा नै राखिएको उनले बताएका छन ।

उक्त जमिनको  बिषयमा चार ÷ पाच बर्ष अघिदेखी छलफल हुदै आएको र अहिले जमिन बिक्री गर्न लागेको गाउलेले थाहा पाएपछि गाउलेले धान काटेको वडा अध्यक्ष यादव बताउछन ।

 मन्दिरको जमिन किर्ते गरी योगेन्द्र यादवले आफ्नी श्रीमतीको नाममा दर्ता गराएको वडा अध्यक्ष श्यामानन्दनको आरोप छ ।

 बृन्दाबन नपा ४ का सीयाराम दासको नाममा रहेको जमिन २०६१ सालमा योगेन्द्र की श्रीमती सुरतिया देवीले लिलाम सकार गरेका थिए ।

काटीएको धाने प्रहरीको टोलीले भर्पाइ गरेर राखेको छ । धान कहा राखेको  छ, कति उत्पादन भयो भन्ने समेत जानकारी नदिएको भन्दै किसान यादवले गुनासो गरेका छन ।

खेतबाटै धान लुटिएको भन्दै योगेन्द्र यादबले जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयमा हुलाक बाट उजुरी पठाएका छन ।

 प्रहरी कार्यालयमा जादा  उजुरी दर्ता नगरेपछि  हुलाक मार्फत उजुरी पठाउन बाध्य भएको उनको भनाइ छ ।

फोटो : धान काटेर लगिएको खाली जमिन । 











2084947 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top