राति १२ बजे देखि भारतमा हजार र ५ सयको नोट नचल्ने

बिदेश

ड्रोन आक्रमणमा मुस्किलले जोगिए भेनेजुयलाका राष्ट्रपति



बिदेश प्रकाशित मिति:

एजेन्सी :
ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि ड्रोन आक्रमण भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यामहरुमा आएका खबर अनुसार शनिबार राजधानी काराकासमा आयोजित एक सभालाई सम्बोधन गर्दै गरेका राष्ट्रपति मादुरोमाथि ड्रोन आक्रमण भएको हो ।

ड्रोन आक्रमणबाट मादुरो सुरक्षित रहेको र उनको सुरक्षार्थ खटिएका ७ सैनिक घाइते भएको भेनेजुयलाका सूचनामन्त्री जर्ज रोड्रिगेजलाई उद्धृत गर्दै खबर दिइएको छ ।  खबर अनुसार राष्ट्रपति मादुरोले सेनाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका थिए ।

उनको भाषणलाई सरकारी टेलिभिजन र रेडियोले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । उनले अर्थतन्त्रका बारेमा बोलिरहँदा भाषण बीचैमा रोकिएको र सैनिकहरु दौडिएको दृश्य टेलिभिजनमा देखिएको बताएइको छ ।

विस्फोटक पदार्थ लोड गरिएको ड्रोनलाई लक्ष्यमा पुग्नु अगाबै सैनिकले नष्ट गरिदिएका थिए । घटनापछि राष्ट्रपति मादुरोले आफ्नो हत्या गर्ने योजनासहित आक्रमण गरिएको यस्तो कार्य निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।

आक्रमणको जिम्मेवारी कसैले नलिएको बताइएको छ । सन २०१३ मा ह्युगो चाभेजको मृत्युपछि भेनेजुएलाको राष्ट्रपति बनेका निकोसल मादुरो गत मे मा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।साभार अन्नपुर्ण
चीन भूकम्पमा कम्तिमा १३ को मृत्यु, घाइते १७५ जना - 2017-08-09
चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

विदेशबाट फर्किएका छोराले ढोका खोल्दा भेटे आमाको कंकाल - 2017-08-07
साउन २३, २०७४ मुम्बईको एक आलिसान फ्ल्याटमा महिलाको मृत्यु हुँदा पनि चार महिनासम्म कसैलाई अत्तोपत्तो थिएन ।

तीन वर्षीया छोरीलाई बलात्कारपश्चात् हत्या गर्ने छिमेकीलाई ‘मेसिन गन’ ले उडाएपछि बुवाले भने, ‘मेरो पुनर्जन्म भयो’ - 2017-08-04
यमनमा एक तीन वर्षीया बालिकालाई बलात्कार र हत्या गर्ने एक व्यक्तिलाई सार्वजनिक रुपमा ‘मेसिन गन’ ले उडाइएको छ ।

पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शपथ लियो - 2017-08-04
साउन २०, २०७४ पाकिस्तानको नयाँ मन्त्रिपरिषदले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो। पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उनको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार शपथ लिएका छन्।

मरेको बाख्राको रिपोर्टिङ गरेको भन्दै पत्रकार पक्राउ - 2017-08-03
साउन १९, २०७४ एक मरेको बाख्राको रिपोर्टिङ गरेको आरोपमा पत्रकार अब्दुल लतिफ मोरोललाई पक्राउ गरेको छ ।

धर्तीलाई एलियनबाट बचाउनका लागि नासामा जागिर खुल्योः तलब लगभग २ करोड - 2017-08-03
साउन १९, २०७४ तपाईंले कहिले आफूलाई धर्ती बचाउने हिरोको रुपमा हेर्नुभएको छ वा महसुस गर्नुभएको छ, यदि त्यस्तो छैन भने नासाले तपाईंका लागि ‘हिरो’ बन्ने अवसर लिएर आएको छ ।

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या - 2017-08-01
साउन १७, २०७४ मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियाको रोसारिटो सहरमा रहेको एक रेष्टुरेन्टमा गोली प्रहार गरी एक मेक्सिकन पत्रकारको हत्या गरिएको छ ।

पाकिस्तानमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै - 2017-08-01
साउन १७, २०७४ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि छ जनाले उम्मेदवारी दिएका छन्।

चट्याङ लागेर ११ जनाको मृत्यु - 2017-07-31
साउन १६, २०७४ भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

English News



1361983 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top