logo
14 Dec 2018   |   
समाज

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



समाज   24 पटक पढिएको   कलमपाटी     
दमक २८ मङि्सर । झापाको कमल गाउँपालिकास्थित केर्खामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका भएको दुर्घटनामा तेह्रथुमका २६ वर्षीय पुर्णराज लिम्बुको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


पुर्वपश्चिम राजमार्ग अन्तरगत सानो केर्खाको शहिद गेटको छेउमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ९ प ९८७१ र बिपरित दिशाबाट जाँदै गरेको को १२ प ७५२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा को १२ प ७५२२ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको गदि गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय सनोज श्रेष्ठ र सोही मोटरसाइकल पछाडि बस्ने ईटहरी उपमहानगरपालिकाका २२ वर्षीय बिमल श्रेष्ठ घाइते भएका छन्।










2139628 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top