logo
12 Dec 2018   |   
समाज

काठ तस्करी रोक्न डिएफओको कसरत



समाज   10 पटक पढिएको   कलमपाटी     
रौतहट २६ मंसिर// डिभिजन बन कार्यालय रौतहटले दुइमहिनामा करीव एकहजार क्युफिट काठ बरामद गरेको छ ।

काठ तस्करी रोक्न डिएफओको कसरत


बनगस्ति टोलीले सो अवधीमा  २५ स्थान बाट  काठ बरामद गरको हो । करीव ६ सय क्युफिट काचो सालको गोलिया तथा करीव ४ सय क्युफिट चिरान काठ बन कार्यालयले बरामद गरेको छ ।

रौतहटको बनबाट जीप, टेक्टर, मोटरसाइकल, साइकलमा राखेर सालका गोलियाहरु तस्करी हुने गरेको पाइएपछि गस्ति बढाइएको छ ।

काठ तस्करी बढीहुने नाकाहरुमा गस्ति बढाइएको रौतहटका डिएफओ बिनोद सिंहले जानकारी दिए । 

काठ चोरी निकासी रोक्न जंगल प्रवेशगर्ने नाकाहरुमा ठुलाठुला खाडल (टे«न्च) खनिएको छ ।

जंगल प्रवेब गर्ने  दुइजर्दन भन्दाबढी नाकाहरुमा खाडल खनिएको बन कार्यालयले जनाएको छ । 

चोरीहुने नाकाहरुमा २४ सै घण्टा बनगसित टोली खटाइएको डिएफओ सिंहले बताए । चिरान मिलहरुमा समेत छापा मारेर काठ हरु बरामद गरीएको छ ।





 कार्तिक महिना यता ७ जना तस्कर लाइ पक्राउ गरीएको छ  भने ५ वटा साइकल, दुइ वटा टेक्टर, एउटा पिकअप जीप समेत काठ सहित बरामद गरेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ । 

धन्सार, बृन्दावन, रंगपुर, जंगलसैया,जुडीवेला, गैडाटार , चन्द्रनिगाहपुर बनक्षेत्रमा बढी चोरी तस्करी हुने गरेको छ ।

दुइ महिना अघि मात्रै रौतहटमा आएका डिएफओ सिंहले काठ तस्करी नियन्त्रणगर्न र बन जोगाउनका लागी बिभिन्न योजनाहरु तयार पारेको बताएका छन ।

सवैको साथ र सहयोग भएमात्रै बन संरक्षण गर्न सहज हुने उनको  भनाइ छ ।












2121764 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top