logo
23 Feb 2019   |   
समाज

संचारकर्मी साह लाइ आक्रमण गर्ने लाइ कार्वाहीको माग



समाज   पटक पढिएको   कलमपाटी     
रौतहट ११ फागुन गौरमा शुक्रबार साँझ रौतहटका पत्रकार रबिन्द्र साह माथी आक्रमण भएको छ ।

संचारकर्मी साह लाइ आक्रमण गर्ने लाइ कार्वाहीको माग


साह केही दिन अघि नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष पद बाट ४५ दिनको लागी निलम्वित भएका थिए । शुक्रवार साझ गौरको कविर चौकमा पान पसल अगाडी उनलाइ आक्रमण भएको हो । साहको हात भाच्चिएको छ । घाइते भएका संचारकर्मी साहले पत्रकार महाँसंघका जिल्ला सदस्य संजय सहनी लगाएतका केही व्यक्तिले आक्रमण गरेको आरोप लगाएका छन । आरोपीत सहनीले भने उक्त घटनामा आफुलाइ दोष लगाएको भन्दै आपती जनाएका छन । आफुमाथी दोष लगाएको देख्दा अचम्ममा परेको सहनीले बताएका छन । घटनाको सही छानविन गरी दोषी लाइ कडा कार्वाहीगर्न समेत सहनीले माग गरेका छन । घाइते संचारकर्मी साहको बिरगजमा उपचार भैरहेको छ । घटनाको संचार संम्वन्द्ध सघसस्थाहरुले बिरोध गरेका छन । नेपाल पत्रकार महासघ रौतहटका कार्यावाहक अध्यक्ष उतम कुमार उपाध्यायले बिज्ञप्ती निकालेर घटनामा संलग्न दोषि लाइ कार्वाहीको माग गरेको छ । घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै दोषि लाइ तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरीएको छ । प्रेश संगठन नेपाल, संघिय प्रेस फोरम नेपाल, प्रेश युनियन नेपाल रौतहटले पनि घटनाको निन्दा गर्दै दोषी लाइ कार्वाही गर्न माग गरेका छन भने घाइते भएका संचारकर्मी साहको शिघ्रस्वास्थ्य लाभको कामना गरेका छन ।









2495177 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top