logo
16 Dec 2018   |   
समाज

रौतहटको पांच नगरपालिकामा परिषद हुन सकेन



समाज   47 पटक पढिएको   कलमपाटी     
रौतहट १ पुस जिल्लाको पाँच वटा स्थानीय तहले दोश्रो नगरपरिषद गर्न सकेका छैनन । रौतहटका १६ नगरपालिका र २ गाउँपालिका छन ।

 रौतहटको पांच नगरपालिकामा परिषद हुन सकेन



 ११ नगरपालिका र २ गाउँपालिकाले नगरपरिषद गरेका छन ।

गुजरा, फतुवा विजयपुर, कटहरिया, बौधीमाई, र देवाही गोनाही नगरपालिकाले परिष दगर्न सकेका छैनन ।

परिषद नहुदा आव २०७५ ०७६ को योजनाहरु अलपत्र पर्ने संकेत देखिएको छ ।

ऐन अनुसार स्थानीय तहले प्रत्येक बर्ष असार मसान्त भित्र नगर परिषद सम्पन्न गरी प्रदेश सरकार र संघीय सरकारलाइ जानकारी गराउने प्रावधान भएपनि ती स्थानिय तहहरुमा परिषद हुन सकेको छैन ।

 गुजरा मा वजेट वडाहरुमा दामासाही भाग लगाउनु पर्ने भन्ने बिषय विवादमा छ ।

कटहरियामा मेयर जेल परेकाले उपमेयर र वडा अध्यक्षहरु बिच विवद छ ।

फतुवा विजयपुर नगरपालिकामा मेयर र उपमेयर बिच विवाद छ । मेर र उपमेयर फरक फरक पार्टीको भएकाले नगरपालिकाका काम नै प्रभावित छ ।

बौधीमाई नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत र जनप्रतिनिधी बिच सहमती नहुदा परिषद हुन ढिला भएको बताइएको छ ।

 देवाही गोनाही मा वडा अध्यषहरुले एक करोड का दरले बजेट माग गरेपछि बिवाद भएको बताइएको छ ।











2150842 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top