logo
16 Dec 2018   |   
समाज

ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु



समाज   9 पटक पढिएको   कलमपाटी     
वीरगन्ज १ पुस । पर्साको बहुदरमाई नगरपालिका ५ बरवा गाउँमा शनिवार साँझ ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बहुदरमाई नगरपालिका ५ बरवा गाउँकै ५५ वर्षीय धवल हजरा दुसाद रहेका छन्।

ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु


डोकैला बहुअरी चोकबाट भवराटार जाँदै गरेको ना१त २७०७ नम्बरको ट्याक्टरले साँझ ६ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार तिव्र गतिको ट्याक्टर अनियन्त्रित भएर उनलाई ठक्कर दिएको थियो।

टयाक्टरका चालक बहुदरमाई नगरपालिका ६ गम्हरीयाका इजहार मियाँलाई प्रहरी चौकी महुवनले नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ। साभार अन्नपुर्ण









2147467 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top