रौतहटमा मेयर सहीत ४ जना कर्मचारी नियन्त्रणमा

समाज

प्रधानमन्त्रीको घोषणा : सिलिन्डर बिदाइ कार्यक्रम सुरु भयो



समाज प्रकाशित मिति:

विराटनगर :
प्रधानमन्त्री केपी शर्मा ओलीले एलीपीजी ग्यास सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको बताएका छन् । विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘मैले पाइपबाट ग्यास घर घरमा पुर्‍याउँछौँ भन्दा पत्याएनन्, यहाँ पाइपबाट ग्यास कसरी पुग्छ रु हामी आफैँले चुल्हो चलाएर हेर्‍यौँ’, प्रम ओलीले भने, ‘अहिले सानो संख्यामा सुरु भए पनि ठुलो संख्यामा पनि यसलाई विस्तार गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीले वायोग्यास उद्घाटनमा बोल्दै अब सिलिन्डर बिदाइ कार्यक्रम सुरु भएको बताए । ‘अब विस्तारै सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको छ । अब काँधमा सिलिन्डर बोकेर हिँड्नै पर्दैन’, ओलीले भने, ‘वायो ऊर्जालाई गाउँ गाउँमा सहकारी, साझा लगानी र समुदायको पहलमा पनि विकास गर्न सकिन्छ ।

प्रम ओलीले निजी क्षेत्रतर्फ लक्षित गर्दै रोजगारी वृद्धिको पहल गर्न आग्रह गरे । ‘निजी क्षेत्रले उत्पादन, रोजगारी, आत्मनिर्भरता र निर्यातजन्य उत्पादनमा पहल लिएर लगानी गर्ने हो भने आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउन सकिन्छ’, ओलीले सम्बोधनका क्रममा भने ।

प्रम ओलीले ठुला जलविद्युत् आयोजनाहरु धमाधम बनिरहेकाले ग्यास सिलिन्डर विदाइको अवस्था नजिक आएको बताए । ‘ठुला विद्युत् आयोजना क्रमशः बनिरहेका छन् । त्यसको ऊर्जाको प्रयोग पनि बढ्नेछ’, ओलीले भने, ‘यो यात्रा अहिले सानो देखिए पनि यसको ठुलो महत्व छ, यो सुरक्षित पनि छ ।’

प्रम ओलीले सौर्य ऊर्जा पनि क्रमशः सस्तो हुँदै गएकालले ग्यासको विकल्पमा त्यसलाई पनि विस्तारै बढाउँदै लैजान सकिनेमा जोड दिए । साभार अन्नपुर्ण
भारतिय नम्वरको टेम्पो बिरुद्ध रिक्सा,टांगा मजदुर आन्दोलनमा - 2017-03-06
रौतहट २३ फागुन / भारतिय नम्वरका टेम्पु संचालनको बिरुद्धमा रौतहटको गौर रिक्सा, टांगा संचालकहरुले प्रर्दशन गरेका छन ।

संसद साह द्धारा निमाणर्धिन ट्राफिक भवनको निरिक्षण - 2017-03-04
रौतहट २१ फागुन/ व्यवस्थापिका संसद तथा जनता दलका केन्द्रिय अध्यक्ष हरीचरण साहले रौतहटको चन्द्रनिगाहपुरमा बन्दै गरेको जिल्ला ट्राफिक भवनको निरिक्षण गरेका छन ।

लुम्विनी एकेडेमी कलेजमा स्वागत तथा विदाई कार्यक्रम - 2017-03-04
काठमाण्डौ २१ फागुन / नेपाली काँग्रेसका नेता एव पूर्वमन्त्री मो आफताब आलमले चावहिल चुच्चेपाटी स्थित लुम्बिनी एकेडेमिक कलेजको स्तानक तहका विधार्थीको विदाई तथा स्वागत कार्यक्रमको समुद्घाटन गरेका छन ।

प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको संख्या १७ बढ्ने - 2017-03-03
प्रतिवेदनमा प्रदेश नम्बर २ का ८ जिल्लामा १७ स्थानीय तह बढाउन सिफारिस गरेको छ । यससँगै ८ जिल्लामा स्थानीय तहको संख्या १२३ पुगेको छ ।

राजबिराज बिमानस्थलको संसदहरु द्धारा निरीक्षण - 2017-03-03
सप्तरी २० फागुन / राजविराज विमानस्थलको व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोले शुक्रवार स्थलगत निरीक्षण गरेको छ ।

प्रेस काउन्सिल द्धारा बिभिन्न निर्देशिका जारी - 2017-03-01
कलमपाटी १८ फागुन / प्रेस काउन्सिल नेपालले अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका, र विज्ञापनसम्वन्धी सञ्चार निर्देशिका–२०७३ जारी गरेको छ ।

नेपालका लागी भारतिय राजदुत मन्जिभ सिह - 2017-03-01
काठमाण्डौ १८ फागुन / भारतले नेपालका लागि नयाँ राजदूत मन्जिभ सिंह को नाम मनोनयन गरेको छ । स्रोतका अनुसार भारत सरकारले बुधबार बिहान परराष्ट्र मन्त्रालय लाइ सिहको नाम जानकारी गराएको हो ।

पत्रकार कुटीए पछि दोषि लाइ कार्वाहीको माग - 2017-02-26
रौतहट १५ फागुन/ रौतहटको गौरमा समाचार संकलनको क्रममा आइतवार संचारकर्मी प्रभात कुमार झा कुटीएपछि त्यसको बिरोध भएको छ ।

बिदेश बाट फर्कदा न पैसा, न श्रीमती ! - 2017-02-26
कन्चनपुर १५ फागुन / चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1374692 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top