logo
22 Feb 2019   |   
समाज

२७३ किलो चरेससहित दुईजना पक्राउ



समाज   25 पटक पढिएको        
मकवानपुर ०९ फागुन । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

२७३ किलो चरेससहित दुईजना पक्राउ


कैलाश गाउँपालिका-१ डाँडाखर्कको बोल्ने लेकबाट २७३ किलो चरेशसहित सोही ठाउँका ४३ वषीय चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका-८ किरानचोकका ३६ वर्षीय पशुपती भनिने जीवन तामाङलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २६७ पोकामा रहेको चरेश र घलानको गोठमा चरेश बनाउनका लागि तयारी अवस्थामा राखिएको ५ वटा बोराको ११० किलो गाजाको धुलो बरामद गरिएको उनले बताए । बरामद भएको लागूऔषध चरेशको नेपाली बजारको मूल्य एक करोड मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कानून अनुसार दुई वर्ष कैद र १५ देखि एक लाख रुपैयाँसम्म जरीवाना हुनसक्ने प्रहरी उपरीक्षक सिंहले बताए । साभार अनलाईन खबर









2489729 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top