स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
च्याम्पियन्स लिगबाट बाहिरियो युनाइटेड - 2018-03-14
काठमाडौं : च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ ।

महोत्सव आर्कषक बनाउन प्रदेश स्तरीय कुस्ति प्रतियोगिता - 2018-03-13
चन्द्रपुर २९ फागुन // चन्द्रपुर महोत्सव लाइ आकर्षक बनाउनका लागी बिभिन्न खेलको प्रतियोगिता समेत गराइएको छ । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न प्रदेश स्तरिय आमन्त्रण कुस्ती प्रतियोगितामा नेपाल प्रहरीका भागवत साह उत्कृष्ट खेलाडी घोषित भएका छन ।

मेसीको अनुपस्थितिमा बार्सालाई सफलता - 2018-03-13
मालागा : स्पेनिस ला लिगा फुटबलको आइतबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले तालिकामा सबैभन्दा तल रहेको मालागालाई उसैको मैदानमा २-० गोलले हराएको छ।

बार्सिलोनाले मालागालाई २-० ले हरायो - 2018-03-11
काठमाडौं : स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । लियोनल मेस्सीबिना मैदान छिरेको बार्सिलोनाले मालागालाई २-० ले हरायो ।

विश्वकप छनोटमा नेपाल र अफगानिस्तान भिड्दै - 2018-03-10
काठमाडौं : आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत शनिबार दिउँसो नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। चार वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमका लागि खेल दबाबपूर्ण हुने पक्का छ।

क्रिकेट खेलमा भारतका पत्रकार द्धारा नेपालका पत्रकार पराजीत - 2018-03-09
रौतहट २५ फागुन // भारतिय महावाणिज्य दुतावास विरगंज र राजदेवी मिडिया सेन्टर गौरले संयुक्त रुपमा आयोजना गरेको भारत र नेपालका पत्रकारहरु बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकारहरुको टिम पराजित भएको छ ।

स्कटल्यान्डविरुद्ध नेपाललाई सुरुवातमै झड्का - 2018-03-08
काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपाललाई सुरुवातमै झड्का लागेको छ। ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमै १ रनको झिनो स्कोर आउट भएका छन्। ज्ञानेन्द्र साफयान शरिफको बलमा बोल्ड भएका हुन्। अर्का ओपनर दिलीप नाथ पनि ४ रन बनाएर आउट भएका हुन्। नाथलाई विटिङघमले एलबिडब्लुको धरापमा पारेका हुन्।

रियल मड्रिडले पीएसजीलाई फेरि हरायो, रोनाल्डोको गोल - 2018-03-07
काठमाडौं : रियल मड्रिडले पेरिसमा पनि पेरिस सेन्ट जर्मेनलाई हराएको छ र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

रौतहट जिल्ला भरी क्रिकेटको तरंग - 2018-03-05
रौतहट २१ फाल्गुन// क्रिकेटको ईतिहासमा रौतहट जिल्ला आफैमा महत्व राख्ने ठाउ रहेको छ । रौतहट जिल्लाबाट उत्पादन भएका सो खेलका खेलाडि जिल्ला भरी मात्र सिमित नभई कयौं राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1374237 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top