स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
रोनाल्डो चम्किँदा पोर्चुगलको जित - 2018-03-25
काठमाडौँः खेलको इन्जुरी समयमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजिप्टलाई २–१ ले पराजित गरेको छ ।

मैत्रीपूर्ण खेलमा चिलीसँग स्वीडेन पराजित - 2018-03-25
काठमाडौं : विश्वकप फुटबलको तयारीमा रहेको स्वीडेन मैत्रीपूर्ण खेलमा चिलीसँग पराजित भएकोे छ । स्वीडेन घरेलु मैदानमा चिलीसँग २-१ गोलले पराजित भएको हो ।

एएफसी एसियन कप छनोट खेलका लागि फुटबल टिमको विदाइ - 2018-03-23
काठमाडौं : एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लीग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ ।

‘अबको लक्ष्य विश्वकप’ - 2018-03-20
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको लक्ष्य ५० ओभर विश्वकप खेल्ने भएको बताएका छन्।यद्यपि विश्वकप खेल्ने लक्ष्य पूरा गर्न नेपाली क्रिकेटले व्यावसायिक ‘सेट अप’ मा लानु आवश्यक रहेको धारणा उनले व्यक्त गरे। जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलो पटक एकदिवसीय टोलीको मान्यता पक्का गर्दै सोमबार स्वदेश फर्किएका कप्तान पारसले नेपाली क्रिकेटलाई अहिलेको अवस्थाबाट अघि बढाउने जिम्मेवारी सम्बद्ध सबै पक्षको भएको पनि बताए।

रियल मड्रिडले जिरोनालाई ६-३ ले हरायो, रोनाल्डोले गरे चार गोल - 2018-03-19
काठमाडौं : रोनाल्डोको चार गोल मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जिरोनालाई ६-३ गोलले हराएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन रोनाल्डोले चार गोल गरे ।

५-० ले विजयी हुँदै लिभरपुल तेस्रो स्थानमा, सालहले गरे ४ गोल - 2018-03-18
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५-० ले हरायो ।

म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा - 2018-03-18
काठमाडौं : म्यानचेस्टर युनाइटेड र टोटनहृयाम एफए कपको सेमिफाइनलमा पुगेका छन् । ब्राइटनलाई २-० ले हराउँदै म्यानचेष्टर युनाइटेड र स्वान्सी सिटीलाई ३-० ले हराउँदै टोटनहृयाम सेमिफाइलनमा पुगेका हुन् ।

सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड भिड्दै - 2018-03-17
काठमाडौं : आईसीसी एक दिवसीय मान्यता पाएको नेपालले शनिबार विश्वकप छनौट चरणको अन्तिम खेल नेदरल्याण्डसँग खेल्दै छ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एकदिवसीय मान्यता पाएपछि नेपाली टोलीले यसरी मनायो खुसी - 2018-03-16
जिम्बाब्बे ‘बेचैन !’ पारस खड्काले सन्देश पठाए, ‘सबै रिफ्रेस गरिरहेका छन् ।’ नेपाली टोली ३.२५ बजे हरारेस्थित होटल पुगेको थियो । टोलीका हरेक सदस्य ल्यापटप, मोबाइलमा थिए र उनीहरुले झण्डै २०० किलोमिटर टाढा भइरहेको खेलको अपेडेट लिइरहेका थिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1378646 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top