स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
च्याम्पियन्स लिगः रोमाविरुद्ध लिभरपुल ५–२ ले विजयी - 2018-04-25
काठमाडौं : युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो ।

बार्सिलोनाले जित्यो कोपा डेल रेको ३० औं उपाधि - 2018-04-22
काठमाडौं : । लुइस स्वरेजले दुई गोलसागै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्डेडेको नेतृत्वमा पहिलो उपाधि हो भने कोपा डेलको ३० औं।

लेभान्टेसँग हारेसँगै मालागा रेलिगेशनमा - 2018-04-20
काठमाडौं : युरोपको शीर्ष पाँच लिगमा रेलिगेशनमा पर्ने पहिलो क्लब मालागा बनेको छ ।

एथ्लेटिको हार्दा बार्सिलोना उपाधिबाट मात्र एक जीत टाढा - 2018-04-20
म्याड्रिड : रियल सोसिडाडसँग एथ्लेटिको म्याड्रिड स्तब्ध बनेपछि बार्सिलोना लिग उपाधिबाट मात्र एक जीत टाढा रहेको छ ।

रोनाल्डोले हारबाट जोगाए रियल मड्रिडलाई - 2018-04-19
काठमाडौं: स्पेनिस ला लिगामा रोनाल्डोले गरेको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा रोनाल्डोले ८७ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियल मड्रिडले बिलबाओसँग १(१ गोलको बराबरी गर्न सफल भयो ।

मुलरको ह्याट्रिकसँगै लिभरकुसनमाथि बार्यनको आधा दर्जन गोल - 2018-04-18
काठमाडौं : थोमस मुलरको ह्याट्रिकको मदतमा बार्यन म्युनिखले लिभरकुसनमाथि आधा दर्जन गोल गरेको छ र जर्मन कपको फाइनलमा स्थान बनाएको छ ।

सिटीमाथि ट्रान्सफर प्रतिबन्धको खतरा - 2018-04-17
म्यान्चेस्टर सिटीले आगामी दुई ट्रान्सफर विन्डोमा कुनै पनि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लाग्ने खतरा रहेको छ । यसले पेप ग्वार्डिओलालाई आफ्नो उपाधि विजेता टोलीलाई थप मजबुत बनाउनबाट रोक्ने छ ।

आईपीएलमा दिल्लीमाथि कोलकाताको सानदार जित - 2018-04-17
काठमाडौं : इण्डियन प्रियिमर लिग ९आईपीएल० अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ ।

ला लिगामा बार्सिलोनाको नयाँ किर्तिमान - 2018-04-15
भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोनाले ला लिगामा लागातार ३९ खेलमा अपराजित रहँदै नयाँ किर्तिमान बनाउन सफल बनेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1374168 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top