logo
14 Dec 2018   |   
खेलकुद

युरोपा लिगः आर्सनल समूह विजेता बन्दै नकआउट चरणमा



खेलकुद   12 पटक पढिएको   कलमपाटी     
काठमाडौं २८ मंसिर । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल समूह ‘ई’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

युरोपा लिगः आर्सनल समूह विजेता बन्दै नकआउट चरणमा


बिहीबार राति भएको खेलमा आर्सनलले एफके काराबागलाई १–० गोलअन्तरले पराजित गरेसँगै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । आर्सनलको जितमा एलेक्सन्ड्रे लेकाजेटले निर्णायक गोल गरे ।

खेलको १६औं मिनेटमा लेकाजेटले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

जितसँगै ६ खेलबाट १६ अंक बनाउँदै आर्सनल समूह विजेता बनेको हो । यही समूह ई बाट स्पोर्टिङ क्लब समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । साभार अनलाईन खबर









2139261 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top